एफ.एम रेडियो दर्ता र अध्यावधिक गर्ने बारे अभिमुखिकरण, नविकरणमा संगित रोयल्टीमा नमुच्छ्न संचालकहरुको आग्रह

एफ.एम रेडियो दर्ता र अध्यावधिक गर्ने बारे अभिमुखिकरण, नविकरणमा संगित रोयल्टीमा नमुच्छ्न संचालकहरुको आग्रह
भक्तपुर, बैशाख ४ गते
सूचना तथा प्रसारण विभागले अनलाईनबाटै एम.एम. रेडियो दर्ता, लाइसेन्स, इजाजत पत्र नविकरण तथा अध्याबधिक गर्ने प्रकृयाहरु बारे काठमाण्डौमा एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । एफ.एम. ऐडियोहरुको दर्ता र नविकरणकालाागि सधै स्थानीय नगरपालिका, जिल्ला हुलाक, प्रदेश सरकार र सूचना तथा प्रसारण विभागमा डौड्नुपर्ने बाध्यतालाई सहजीकरण गर्ने उदेश्यले पछिल्लो विकसित प्रविधि तथा सञ्चार मन्त्रालयको नीतिगत व्यवस्थाहरु बारे जानकारी दिने उदेश्यले पनि सो तालिम आयोजना गरेको विभागका प्राविधिक सुबोध नेपालले जनाएको छ। उहाँले एमएम रेडियोको प्रसारण क्षेत्र बारे जानकारी दिएको थियो भने कानुन अधिकृत प्रतिक्षा केसीले एम.एम सञ्चालन सम्बन्धि कानूनी व्यवस्था, ईन्जिनियर भरत दानकोटीले अनलाई प्रणालीमा रेडियो यन्त्रको लाइसेनस सम्बन्धी कार्य, ईन्जिनयर मनिषा शर्माले अनलाई प्रणालीमा प्रसारण इजाजत पत्र सम्बन्धी जानकारी दिएका थिए । विभागका कार्यबहाक महानिर्देशक भरत गौतमले एफ.एम. रेडियो दर्ता नविकरण र अध्यावधिक कार्यलाई सहजिकरणकालागि सो अभिमुखिकरण कार्यक्रम आयोजना भएको प्रष्ट्याउदै उहाँले सञ्चालकहरुका साझा समस्या र गुनासाहरुलाई संकलन र संबोधनकालागि समेत सो अभिमुखिकरण कार्यक्रम आयोजना भएको बताउनु भयो । सो अवसरमा एफ.एम. रेडियो नविकरणको सहजीकरणका नाममा संगित रोयल्टीमा मुच्छेर नविकरण प्रकृयामा थप बाढा पुर्याउने कार्य भएको भन्दै सहभागि एफ.एम. रेडियो सञ्चालकहरुले विरोध जनाएका थिए । नविकरण प्रकृयामा रोयल्टी तिरेपछि मात्रै प्रकृया अधि बढाउने प्रावधान गतल भएको भन्दै कार्यबाहक महानिर्देशक गौतमलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।