तेस्रो भक्तपुर कपमा आयोजक टिमको विजय सुरुवाट
भक्तपुर, फाल्गुण १८ गते
तेस्रो भक्तपुर कपमा आयोजक टिम भक्तपुर युवा टिमले विजयी सुरुवात गरेको छ । आयोजक टिमले खेलको उद्घाटन खेल खेल्दै प्रतिद्धन्दी दीर्घायु एफसीलाई २ गोल गरी विजयी सुरुवात गरेका हुन । प्रतियोगितामा विजयी युवा टिमका विक्रम नरसिंह राना खेलका उत्कृष्ठ खेलाडी घोषित भए भने मदन पौडेल उदयीमान खेलाडी हुन सफल भएका थिए । यसै बीच दोस्रो खेलमा पाण्डु बजारले द हिलिंग होमलाई पिनाल्टि सुटबाट हराएका छन् । गत वर्षको दोस्रो भक्तपुर कपका विजयता द हिलिंग होमले २।२ गोलको वरावरी खेल खेलेपछि भएको पनाल्टी सुटमा ४।३ गोलबाट पाण्डु बजार एफसीको जित भएको थियो । नकआउटका आधारमा खोलाइएको भक्तपुर कपको दोस्रो खेलबाट दोस्रो भक्तपुर कपका विजयता टोली द हिलिंग होम प्रतियोगिताबाटै बाहिरिएको छ । प्रतियोगितामा द हिलिंग होमका गोलकिपर सुजन श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भएका थिए भने पाण्डुबजारका योगेश श्रेष्ठ उदयीमान खेलाडी घोषणा भएका थिए ।
प्रतियोगिताको दोस्रो दिन तेस्रो खेलको रुपमा शनिबार दिउँसो १ बजे महेश्वरी खेल मैदानमा युनाइटेड र सृजनानगर एफसी बीच पहिलो खेल हुने छन् भने दोस्रो खेलमा द राइजिंग ग्रुप र भक्तपुर नगरपालिका बीच प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













