नेपाल र बंगलादेश बीचको सुमधुर सम्बन्ध सामुदायिक रेडियो

नेपाल र बंगलादेश बीचको सुमधुर सम्बन्ध सामुदायिक रेडियो
ललितपुर, माघ २६ गते
नेपाल र बंगलादेश बीचको सिकाई आदानप्रदान तथा सुमधुर सामुदायिक सम्बन्ध सामुदायिक रेडियोहरुबाट पनि खेलि रहेको प्रष्ट पार्दै शुक्रबार ललितपुरमा एर्माकले अभियान्ताहरुलाई कदर पत्र प्रदान गरेको छ । सामुदायिक रेडियो अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गर्दै एमार्क एशिया फासेफिकले सहभागि रेडियोकर्मीहरुको अनुभव आदान प्रदान गर्दै तिनीहरुलाई कदर पत्रद्वारा सम्मानित गरेका हुन । हरेक वर्ष नेपाली सामुदायिक रेडियोहरुको तर्फबाट २ जना बंगलादेश र बंगलादेशको तर्फबाट २ जना नेपाल आएर आम जनताको स्वास्थ्यस्थितको अध्ययन, रिपोर्टिग गर्दै रेडियो कार्यक्रम तथा पिएसएहरु निर्माण र प्रसारण गर्दै नेपाल र बंगलादेशका सामुदायिक रेडियोका अनुभवहरु आदानप्रदान गर्दै आएको छ ।


एक वर्षको समयाबधिमा भाषा, सांस्कृति र जनजीवन सिक्दै रेडियो कार्यक्रम निर्माण र प्रसारणका अवसरमा आफूहरुले प्राप्त गरेको अनुभवहरुको प्रस्तुतीकरण गर्दै रेडियो सिन्धुका दिपक खड्का, नवबुद्धका काजल तामाङ यसै गरी बंगलादेशको रेडियो पोल्लिकोन्थोका आयुसा अक्हतेर र मुन पाउलेले दुई देश बीचका समुदायको जनजीवन, भुगोल, भाषा, संस्कृति, प्रकृतिका मौलिक अनुभवहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमार्कका सह अध्यक्ष सुभाष खतिवडा, एकोरावका अध्यक्ष अर्जुन गिरी, कार्यकारी अधिकृत प्रमोद तण्डुकार, एमार्कका कार्यकारी अधिकृत सुमन बस्नेत सहितको उपस्थितिमा अन्तरदेशिय सामुदायिक रेडियोहरुका अभियान्ताहरुको अनुभव आदान प्रदान गरेका हुन ।