वष्ठि फोटोग्राफरका फोटो प्रदर्शनी वरिष्ठ राजनीतिज्ञद्वारा उद्घाटन
भक्तपुर, फाल्गुण १८ गते
वरिष्ठ क्यामेरा म्यान केदार बनेपालीका तीन पुस्ताका फोटाहरुको वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले उद्घाटन गरेका छन् । भक्तपुर दरवार क्षेत्रमा शुक्रबार आयोजित विलियन्त भक्तपुर फोटोे प्रदर्शनीको नेमकिपा अध्यक्ष विजुक्छेले उद्घाटन गरेका हुन । बनेपालीका तीन पुस्ताका ८० वर्ष देखिका ६८ वटा फोटोहरु प्रदर्शनीमा राखिएको छ । फोटोग्राफर बनेपाली ६८ वसन्त पार गरेको उपलक्ष्यमा आयोजित सो प्रदर्शनी शुक्रबार र शनिबार दुई दिन सम्म रहने आयोजक भक्तपुर पर्यटन विकास समितिले जनाएको छ ।
प्रदर्शनीमा केदार बनेपालीका बुवा स्व।बद्रीप्रसाद बनेपाली, छोरी सोनी बनेपाली र छोरा किसन बनेपालीका उत्कृष्ठ फोटोहरुलाई प्रदर्शनीमा राखिएको छ ।
“विलियन्त भक्तपुर फोटो प्रदर्शनी” फाल्गुण १८ र १९ गते (youtube.com)














