भक्तपुर, माघ २७ गते
अन्तर नगर एथलेटिक्स प्रतियोगिता फागुण ८ देखि १२ गतेसम्म भक्तपुरमा हुने भएको छ । ३२ वटा पुरुष, महिला एथलेटिक्सका विभिन्न खेलका प्रतियोगिताहरुलाई पागुण १ गते बाट आवेदन आह्वान गर्ने आयोजक भक्तपुर नगरपालिका अन्तर नगर एथलेटिक्स खेलकूद प्रतियोगिता मूल समारोहले जनाएको छ । सोमबार बिहान सो समितिको बैठक बस्दै प्रतियोगिता भव्यरुपले सफल पार्न विभिन्न १२ वटा समितिहरुलाई कार्य विभाजन गरी प्रतियोगिताको तयारी भइरहेको भन्दै नगर प्रमुख सुनिल प्रजापतिले जनताको पैसा जनतालाई नै खर्च हुने किसिमले जनताको शिक्षा, स्वास्थ्य, सम्पदा र खेलकूद लगायतका क्षेत्रमा खर्च गर्दै आएको बताउनु भयो । नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार पार्टीले जनतालाई दिएकोे जिम्मेबारी पूरा गर्दै आएको भन्दै तेस्रो पटकको अन्तर नगर खेलकूद प्रतियोगिता अन्तर्गत यसपटक एथलेटिक्सका खेलहरु आयोजना गर्न तयारी गरेको बताएका हुन । स्थानीय खेलाडीलाई राष्ट्यि अन्तर्राष्ट्यि खेलाडीको रुपमा विकास गर्न, खेलाडीहरुलाई उत्साह र प्रोत्साहन दिन, इजत बढाउन खेलकूदका गतिविधीहरु आयोजना गर्दै आएको भन्दै नगरप्रमुख प्रजापतिले देशभरका स्थानीय तहहरुलाई भक्तपुर आउने वातावरण दिनका लागि पनि अन्तर नगर खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको बताउनु भयो ।
जे बोल्छौं, कसैले औला ठड्याउन नसक्ने गरी काम गरेर देखाउन भक्तपुर नगरपालिकाले क्षमता अनुसार विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताउँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा भक्तपुर महोत्सवै महोत्सवमय हुने गरी विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको र हुँदै जाने बताउनु भयो । हालै सम्पन्न धिमे बाजामा पनि नयाँ पुस्ता देखि जेष्ठ धिमे बाद्धकहरुको उत्साहप्रद सहभागिता रहेको उल्लेख गर्दै एकै दिनमा सकाउने धिमे बाजा प्रतियोगिता पनि दुई दिन आयोजना गर्नु परेको बताउनु भयो । जनतालाई करको दर बढाउनु भन्दा करको दायरा बढाएर कर प्रतिशत १२ बाट १० , १० बाट ५ प्रतिशतमा झार्दा पनि भक्तपुर नगरपालिकाले आन्तरिक कर तर्फ गत वर्षको तुलनामा ३० लाख आम्दानी बृद्धि गर्न सकेको बताउनु भयो । नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले भने झै बाह्य पर्यटकहरुको भरले मात्रै पर्यटन विकास नहुने थम्याइलाई आत्मसाथ गर्दै आन्तरिक पर्यटकहरुको आवागमन बढाउन पनि अन्तर नगर खेलकूद प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

उपमेयर रजनी जोशीले साँस्कृतिक नगरी भक्तपुरमा जनताको स्वस्थ जीवन शैलीका लागि विभिन्न गतिविधिहरु गर्दै आउनेक्रममा खेलकूदका प्रतियोगिताहरु पनि आयोजना गर्दै आएको भन्दै अन्तर नगर एथलेटिक्स खेलकूद प्रतियोगितालाई उदाहरणीय रुपमा भव्य सफल हुने गरी प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताउनु भयो । वडा नम्वर ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरमा पर्याप्त खेलमैदान नभएकाले पैसा भएर पनि भौतिक पूर्वाधार बनाउन नसकि रहेको उल्लेख गर्दै अभाबै अभावको बीचमा पनि भक्तपुरका मेहनती खेलाडीहरुको कडा मेहनतले राष्ट्यि अन्तर्राष्ट्यि छवि बनाउन सफल भएको बताउनु भयो भने वडा नम्वर २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरवासीलाई स्वस्थ, अनुसाशित र मेहनती बनाउन खेलकूदका गतिविधी आयोजना गर्दै आएको बताउनु हुँदै मूल समारोहको बैठक सञ्चालन गर्नु भएको थियो भने बैठकमा एथलेटिक्सका राष्ट्यि खेलाडी कान्छिमैया कोजू, अन्तर्राष्ट्यि रेफ्रि विनोद राय, गौतमप्रसाद लासिवा, मुना बासुकला र साथ नगर खेलकुद समितिका अध्यक्ष श्याम खत्री, कुमार चवाल लगायत जनप्रतिनिधी तथा विभिन्न संचार माध्यमका पत्रकारहरुको सहभागिता थियो |
अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सचिवालय उपसमिति, निर्णायक उपसमिति, जुरी कमिटि, स्वयम्सेवक उपसमिति, प्रचारप्रसार समिति, पुरस्कार व्यवस्थापन समिति, जलपान समिति, यातायात—बास व्यवस्थापन, ¥याली व्यवस्थापन, मञ्च तथा ग्राउण्ड व्यवस्थापन, खेलाडी निरीक्षण समिति र प्राथमिक उपचार समितिलगायत गठन गरेको छ ।
साथै प्रतियोगितामा फिल्ड इन्ट्स अन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिङ थ्रो, डिसक्रस थ्रो, हाइजम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्टस् अन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ कि.मि, ४x१०० मि. रिले, ४x२०० मि. रिले खेलहरू हुँदैछ ।













