तेस्रो भक्तपुर कपको सेमिफाइनल भोलि हुने

तेस्रो भक्तपुर कपको सेमिफाइनल भोलि हुने
भक्तपुर, फाल्गुण २३ गते
तेस्रो भक्तपुर कप २०८० को सेमिफानलमा सामाजिक युवा क्वल र वी आर ब्रदर्स प्रवेश गर्न सफल भएको छ । आज भएको क्वाटर फाइनलको तेस्रो र चौथौं प्रतियोगिताहरुबाट सामाजिक युवा क्वल बागेश्वरी मझुवालाई १का विरुद्ध ६ गोल गरी सेमिफाइनलमा प्रवेश गरेको थियो भने बोदला एफसी र वी आर ब्रदर्स बीच भएको अर्काे खेल बराबरीमा सकिएपछि पिनाल्टी सूट हुँदा ४।३ गोल अन्तरले वी आर ब्रदर्स सेमिफाइनलमा प्रवेश गर्न सफल भएका थिए ।


विहिबार हुने खेलमा पाण्डु बजार र झौखेल युनाईटेड तथा वी आर व्रदर्स र सामाजिक युवा टिम बीच सेमिफाइनल खेल हुने कुरा प्रतियोगिता संयोजक सुरेश कवांले जनाएको छ । संयोजक कवांका अनुसार आज भएका क्वाटर फाइनलहरुमा सामाजिक युवा क्लवका क्याप्टेन पोषण राई उत्कृष्ठ खेलाडी घोषित भएका थिए भने उद्यीमान खोलाडीको रुपमा सुभाष तामाङ चुनिएका थिए । अर्को खेलमा वी आर ब्रर्दसका गोलकिपर जोन थापा उत्कृष्ठ खेलाडीको रुपमा पुरस्कृत भए भने बोदला एफसीका सागर तामाङ्ग उद्यीमान खेलाडीको रुपमा पुरस्कृत भए । खेल उत्कृष्ठ खेलाडीलाई आयोजकको तर्फबाट रु. दुई हजार नगद सहित काष्ठमण्डप लाखामारीका साथै मायाँको चिन्हहरु प्रदान गरेका थिए भने उद्यीमान खोलाडीलाई नगद रु. एक हजार सहित पुरस्कृत गरेको थियो । साथै सो अवसरमा खेलका उत्कृष्ठ दर्शकहरुलाई पनि पुरस्कृत गरेको थियो । महेश्वरी खेलमैदानमा जारी तेस्रो भक्तपुर कपको सेमिफाइनल भोली हुने छ भने फाइनल खेल फाल्गुण २६ गते सोही खेलमैदानमा हुने छ भने सोही दिन पुरस्कार वितरण हुने आयोजक समितिले जनाएको छ ।