३ वर्षीय क्यान्सर संक्रमित बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपन
भक्तपुर, माघ ७ गते
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोमा क्यासर संक्रमित एक बालकको सफलता पूर्वक कलेजो प्रत्यारोपन सम्पन्न गरी आज डिस्चार्ज समेत गरेको छ । नेपालमा पहिलो पटक क्यान्सर संक्रमित कलेजो फालेर प्रत्यारोपन सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिदै केन्द्रले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी मस्टिष्क मृत्यु पश्चात हुने अंग दान र प्रत्यारोपन अभियान बारे जानकारी दिएका थिए ।
केन्द्रका प्रमुख डाक्टर पुकार चन्द्र श्रेष्ठले वर्षेनी १ हजार जनाको कलेजो फेल र ३ हजारको मुगौला फेल हुने गरेको विश्लेषण गर्दै मस्टिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपनलाई प्रभावकारी बनाउन आवश्यक भएकोमा जोड दिनु भयो । मृत्युपश्चात खेर जाने अंगहरु अंग फेल भएकाहरुलाई दान गर्ने माहोल बढाउन अभियान नै चलाउनु पर्ने र यसमा जनचेतना अभिवृद्धिकालागि पत्रकारहरुले भूमिका खेल्नुपर्नेमा जोड दिदै डाक्टर श्रेष्ठले ५० जना चिकित्सक र नर्सहरुकोट टोलि परिचालन गरी हालै ३ वर्षे बालकको क्यान्सर संक्रमित कलेजो फालेर संक्रमित बालकका आमाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको जनाएको हो ।
भर्खरका तीन वर्षे बालक त्यसमाथि क्यान्सर संक्रमित कलेजो फालेर प्रत्यारोपन गर्ने कार्य जतिल विषय भए पनि सफलतापूर्वक सम्पन्न गर्नु पहिलो उपलब्धीमूलक कार्य भएको भन्दै उहाँले यस्तो कार्य विदेशी अस्पतालहरुमा करोडौ र्खेचेर मात्र सम्भव हुने तर आफूहरुले रु.१५। २०लाखमा उपचार सम्पन्न गरेको बताउनु भयो । क्यान्सर संक्रमित भएकाले प्रत्यारोपणपश्चात पनि विरामीको नियमित किमो गर्नुपर्ने हुन सक्ने भन्दै डा.श्रेष्ठले यो कलेजो प्रत्यारोपणमा क्यान्सरका डाक्टरको परामर्शलाई पनि जोडिएर विरामीको उपचार हुने बताउनु भयो ।
गत पुस २७ गते पृथ्वी जयन्तीको दिन सरकारले सार्वजनिक विदा दिए पनि शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले पाटन अस्पताल सहित विभिन्न अस्पतालका डाक्टर, नर्सहरुको टोली परिचालन गरी ९ दिनमै सकुशल कलेजो प्रत्यारोपण गरी डिस्चार्ज समेत गरेको बताएका थिए ।
https://www.facebook.com/janasanchartv/videos/1313225422755581


उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी थिइन । डिस्चार्ज पछि प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो । कलेजो दाता ३ दिन अगावै सकुशल डिस्चार्ज भई घर गइ सक्नु भएको भन्दै अस्पतालले विरामी बालकका आमा वुवा सहित पत्रकार सम्मेलनमा सहभागि भएका थिए । एक्लो सन्तानको उपचारका लागि भारत सम्मेत पुदा करोडौ खर्च लाग्ने भएपछि बच्चाको माया मारिसकेका अभिभावकले मानव अंग प्रत्यारोपण केन्द्रले शुर्लभदरमा कलेजो प्रत्यारोपण गरि आफ्नो बच्चालाई बचाई दिएकोमा धन्यबाद ज्ञापन गरेका थिए ।
डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ्ग तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक विदाका दिन उक्त प्रत्यारोपण गरेको हो । उक्त प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो ।
देशमा कलेजो प्रत्यारोपाणको शुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मृर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले शुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल केलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११८८ जनाको मृगौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।
देशमै पहिलो पटक मष्तिष्क मृत्यू पश्चात हुने अंग दान बाट प्रत्यारोपण गरेको यस केन्द्रले मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंगदान तथा प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा आह्वान गरेको छ र केन्द्र स्थित समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समस्त अंग फेल भएको व्यक्तिहरुलाई आग्रह गरेको छ ।
कलेजो प्रत्यारोपण पश्चात डिस्चार्ज हुने ३ वर्षिय बालक र प्रत्यारोपणमा संलग्न चिकित्सककहरुको टोली ।














