आश्रम निर्माणार्थ करोड भन्दा बढी सहयोग

आश्रम निर्माणार्थ करोड भन्दा बढी सहयोग
भक्तपुर, असोज २७ गते
छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणार्थ आयोजित १७ दिने श्रीमद भागवत आज विधि पूर्व सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित ताथलीमा आयोजित सो भागवतबाट आज मात्रै १ करोड भन्दा बढी आर्थिक सहयोग संकलन भएको आयोजकहरुले जनाएको छ । आर्थिक भौतिक सहयोग जुताउँदै बेसाहारा जेष्ठ नागरिकहरुकालागि आश्रम बनाउने उद्देश्यका साथ आयोजित सो भागवत सफल पार्न सहयोग गर्ने दाता, सहयोगि स्वयमसेवक, पत्रकारहरुलाई आजै सम्मानित गर्दै विधि पूर्व भागवद बाचन सम्पन्न गरेको छ ।
भागवतबाट संकलिन रकम र आश्वासन दिएका आर्थिक भौतिक सहयोगहरु संकलन गरी यथासिध्र जग्गा पास गरेर भवन निर्माण कार्यको थालनि हुने भागवत आयोजक समितिका संयोजक केशरबहादुर खड्काले बताए । बिलम्ब नहुने गरी काम अगाडी बढाउने उहाँको घारणा हो । भागवतमा संकलित आय ब्ययको हिसाव फछ्यौंट भएसँगै आश्रम निर्माणका काम अगाडी बढ्ने उहाँले बताए । सारा भक्तजनका अगाडी विभिन्न क्षेत्रका महानुभावहरुले थप दान दिने बाचा गरेका छन् । उहाँहरुले व्यक्त बाचा पूरा हुने विश्वासका सकाथ खड्काले आश्रम निर्माण कार्य छिटो थाल्ने बताएका हुन ।

Facebook