कारबाहीको माग गर्दै प्रजिअलाई पत्र
भक्तपुर : नेपाल कपास उद्योग व्यवसायी संघ, भक्तपुरले ट्याक्टरमा मेसिन जडान गरी कपडा पेल्ने कार्य गर्नेलाई कारबाहीको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष पत्र बुझाएको छ ।
संघका अध्यक्ष माधव कुँवरको नेतृत्वमा गएको टोलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई भेटी उक्त पत्र बुझाएको हो । कृषि प्रयोजनको लागि खरिद गरिएका हेभी ट्याक्टरमा कपडा पेल्ने मेसिन जडान गरी अव्यवस्थित तरिकाले विभिन्न स्थानमा कपडा पेल्दा त्यसबाट निस्केको धुलोका कारण वातावरण प्रदूषित भई रोग फैलिन सक्ने भन्दै संघले प्रजिअ श्रेष्ठलाई कारबाहीको मागसहित पत्र बुझाएको संघका अध्यक्ष कुँवरले बताए । उनका अनुसार यस प्रकारको कार्यले आधा भन्दा बढी उपत्यकालगायत विभिन्न जिल्लामा सञ्चालित कपास उद्योगहरु बन्द भइसकेका छन् । बाँकी कपास उद्योगहरुसमेत बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
घुम्ती ट्याक्टरमा मेसिन जडान गरी कपडा पेल्ने कार्य गर्दै हिँडेकाहरुका कारण राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका कपास उद्योगीहरुलाई प्रत्यक्ष असर पर्न गएको भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं वस्तुगत संघ व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र प्रजापतिले बताए । उद्योगको नीति नियम विपरीत गरिएका यस्ता कार्यले गर्दा राज्यलाई ठूलो घाटा पर्ने उनको भनाइ छ ।
संघले बुझाएको पत्र बुझ्दै प्रजिअ श्रेष्ठले बिना व्यवसाय दर्ता घुम्ती ट्याक्टरमा मेसिन जडान गरी वातावरण तथा ध्वनि प्रदूषण हुने गरी कपडा पेल्दै हिँडेकाहरु कहीँ कतै भेटिएमा प्रशासनमा खबर गर्न अनुरोध गर्दै उनीहरुलाई कारबाही गरिने बताइन् । साथै उनले सुरक्षा समितिको बैठकमा त्यस प्रकारका कार्य गर्नेलाई कारबाहीको लागि छलफल गरिने जानकारी दिइन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














