लम्पी स्क्रिनले ठलिए पशुपालक, पुनःस्थापनाको माग
भक्तपुर, श्रावण ७ गते
लम्पी स्क्रिनले ठलिएका कृषकहरु राहतको माग गर्दै कृषि तथा पशुपन्छि कार्यालय धाउन थालेका छन् । चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित गंगा गिरीका २ गाई र दुई बाछीहरु मध्ये एक महिनाको फरकमा दुई गाई र एक बाछी लम्पी स्क्रिनबाट बितेपछि आफू बेरोजागर भएको भन्दै उचित क्षेतिपूर्तिको माग गर्दै आज चनपा कृषि तथा पशुपन्छि शाखामा गुनासा गर्न पुगेकी छिन् । गिरीले भनिन् दुधौली गाई थियो असारमा एक, श्रावणमा एक गरी महिना दिनको फरकमा दुई गाई बित्यो, एक बाछी पनि त्यही रोगबाट बिते अर्को बाँचेको बाछी पनि सिक्रिस्त छ, कहिले बित्छ थाहा छैन् । हामी गरिवले के गरी खाने ? हाम्रो लागि कसैले हेरेन । गहभरी आँसु राख्दै उनले सुनाईन घरमा श्रीमान् प्र्यालासिस छन् । उनलाई स्याहाने की, आफू रोजी रोटीका लागि कामको खोजीमा हिड्ने ? । उमेरले ६५ वर्ष नाध्यो। अझै काम गरी खाने मन छ गिरीले भनिन् तर आफूसँग गाईपालन गर्ने कुनै आधार छैन् । बरु थप दुई लाखको ऋण छ । अव त्यो ऋण पनि कसरी तिर्ने आम्दानीको कुनै श्रोत छैन । यस्तो बेला सरकार बा स्थानीय तहले केही गरेनन् । गरे पनि हुने खानेलाई मात्र गर्छन्। हामी जस्तो पीडितको कुरा सुन्दैनन् । पशु विरामी हुने बितिक्दै पशु चिकित्सकलाई बोलायौं, पैसा तिर्दैन भनेर होला आउँछु आउँछु भन्दा भन्दै आएनन् । भएको दुईवटा गाई बिति सक्यो । एक हप्ता अगाडीसम्म एक लाख सम्म तिर्न तयार भएको गाई लम्पी स्क्रिनले लग्यो । पशुशाखाका डाक्टरहरु गोठ गोठ गई रहेको छ भन्छन् तर हाम्रो गोठमा आइपुगेको छैन् उनले गुनासो गरिन । पशुपन्छि शाखाले कृषकहरुलाई सहुलियतमा पशु विमा गरेको भएपनि गिरी जस्तै धेरै कृषकहरु पशु विमामा पर्न नसक्दा लम्पी स्क्रिनबाट थप पीडामा रहेको लम्पी स्क्रिनको स्थलगत उपचार र निक्षिणमा रहेको पशुपन्छी शाखाका प्रमुख केदार मेनालीले बताए । कृषकहरुको यस्तै गुनासोको सुनुवाईकालागि छ सात जना पशुचिकित्सकहरुको टोली कृषकहरुको गोठ गोठमा पुगिरहेको मैनालीको भनाई छ । तथली देखि चाँगुसम्म निरिक्षण गर्दा सबै भन्दा बढी तथालीका कृषकहरु लम्पी स्क्रिनबाट पीडित भएको बताए । संक्रमित मध्ये सात आठ प्रतिशत गाई वस्तु मृत्यु भएको भन्दै मैनालीले कृषकहरुको मागलाई नगर प्रमुखले मात्र सम्बोधन गर्न सक्ने बताए उनले भने नगरपालिका भित्रका सबै पशुपालकहरुको अवस्था हेरेर नगरपालिकाले उचित कदम चाल्ने छ ।
लम्पी स्क्रिन रोगले पशुपालकहरुको गोठ समेत रितिएकाले कृषकहरुको समस्यालाई नजिकबाट बुझ्नुपर्नेमा चानपा ९का वडाध्यक्ष गणेश त्यातले भने ताथली पशुपालकहरु लम्पी स्क्रिनले जोखिममा छन् ।
कृषि तथा पशुपन्छी शाखामा दैनिक पशुपालक कृषकहरु गुनासो गर्न आइरहेको उल्लेख गर्दै शाखाका श्रवणकुमार झाले शाखाका पशु चिकित्सक र प्राविधिकहरु कृषकहरुको गुनासो सँगै घरदैलो गोठ निरिक्षण र उपचारमा खति रहेको बताए ।
Featured Posts – Style 1
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
2026-09-23 Comments Off on भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस भक्तपुर। अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले...
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
2026-09-23 Comments Off on चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुनेभक्तपुर, असोज ९ गते।चाँगुनारायण नगरपालिका–९, ताथलीमा ऐतिहासिक, मौलिक तथा परम्परागत ुखगां...
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
2026-09-22 Comments Off on चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्नभक्तपुर, असोज ६ गतेचाँगुनारायण नगरपालिका...













