विद्यार्थीलाई खेलसँगै पढाई पनि राम्रो बनाउने

विद्यार्थीलाई खेलसँगै पढाई पनि राम्रो बनाउने
भक्तपुर, श्रावण ७ गते

खेल गतिविधिमा सक्रिय भएपछि पढाई बिग्रिन्छ भन्ने भन्यतालाई चिर्दै भक्तपुरका खेल प्रशिक्षकहरुले विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि राम्रो बनाउन सकिने बताएका छन् । भक्तपुर जिल्ला खेलकूद विकास समितिले विद्यालयस्तर देखि नै खेल विकासका लागि प्याबसन भक्तपुरका साथ सरोकारवालाहरु बीच आज भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न विद्यालयका सञ्चालक, प्रिन्सिपल, खेल प्रशिक्षक, रेफ्रि तथा संघ संस्थाहरुका सरोकारवालाहरुले सो विषयमा जोड दिएका थिए । प्याबसन भक्तपुरको हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीहरुलाई खेलकूद प्रति अभिप्रेरित गर्ने विषयमा भएको सो अन्तक्रियामा सहभागिहरुले जिल्लामा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त धेरै खेलाडीहरु भएपनि तिनीहरुको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकूद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमहरुको आवश्यकतामा जोड दिएका थिए ।


समितिका अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको सो अन्तरक्रियामा राजधानीसँगै जोडिएको जिल्ला भक्तपुरमा एउटा राम्रो खेल मैदान र हल समेत व्यवस्था नभएकाले खेल गतिविधि आयोजना गर्न समेत कठिनाइ भएको बताएका थिए भने विद्यालय तहबाट उत्पादित उत्कृष्ठ खेलाडीहरु विद्यालय तहको अध्ययन सकेसँगै खेलकुदमा भविष्य नदेखेर पलायन हुने गरेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण निर्माणमा पनि जोड दिएका थिए । उहाँहरुले विद्यालय विद्यालयहरुमा खेल प्रशिक्षकहरु उपलब्ध गाराउन समिति समक्ष माग गरेका थिए । खेल प्रशिक्षक उपलब्ध गराएको भए विभिन्न खेलकूद प्रशिक्षण र गतिविधि आयोजना गर्दै राष्ट्रपति कप सहित खेलकूद प्रतियोगिताहरुमा जिल्लाको राम्रो सहभागिता हुने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यार्थीहरुलाई खेलकूदमा आकर्षित गर्दै पढाई पनि राम्रो बनाएको उदाहरण प्रस्तुत गर्दै कवडी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कवर्डी खेल प्रशिक्षण दिन चाहेका विद्यालयलाई भक्तपुर जिल्ला कवर्र्डी संघबाट प्रशिक्षिक उपलब्ध गराउने प्रतिबधता जनाएका थिए ।