सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० मा १० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा

सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० मा १० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा
सूर्यविनायक, भक्तपुर, असार १४ गते
तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८०को अन्तिम तयारी पूरा गरेको छ । दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य अनुसार स्थानीय मौलिक उत्पादन बजार प्रवद्र्धनकालागि यही असार १५,१६ र १७ गते गरी तिन दिनसम्म सो मेला आयोजनाको तयारी गरेको नगरपालिकाद्वारा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सूर्यविनायक नगरपालिकाकै आयोजनामा पहिलो पटक हरित कृषि थोक बजार सूर्यविनायक भक्तपुरमा सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० आयोजना गर्न लागेको हो । नगरपालिकाको रु. १०लाखको लगानीमा ९० वटा स्थलहरु मार्फत मेला आयोजनाको अन्तिम तयारी पूरा गरेको भन्दै नगर प्रमुख बासुदेव थापाले मेला बारे पहिलो अनुभव बतुल्दै छु भनेका छन् । ऐतिहासिक शहर भक्तपुरलाई घरेलु, कृषी, पर्यटनबाट चिनाउन मेला आयोजना गरेको उहाँले बताए । भक्तपुरमा बसोबास गर्ने देश विदेशका नागरिकहरुकालागि समेत मेला उपयोग हुने विश्वास व्यक्त गर्दै नगर प्रमुख थापाले मेला सफल पार्न सबै पक्षको साथ र सहयोगले भयो भने सोचे भन्दा बढी सफलता मिल्ने बताए भने उपप्रमुख सरीता भट्टराईले दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर बनाउने नगरपालिकाका लक्ष्य प्राप्तिकालागि मेला उपलब्धीमूलक हुने बताउँदै मेलाले भक्तपुरको उत्पादन प्रर्वद्र्धन र पर्यटन विकासकालागि टेवा पुर्याउन जिल्लाका सरोकारवालाहरु बीच छलफलको विषय हुने बताए ।

सो मेला घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म ३ दिने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना हुँदैछ । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादनक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मेलामा घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गर्न सूर्यविनायकका लघु, घरेलु,साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशि औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ( जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहने जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तक्र्रिया आयोजना गरिन कार्यक्रम समत रहेको प्रवक्ता सापकोटाले जनाए । यसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने आयोजकहरुको विश्वास छ । मेलामा स्टल र अवलोकन निःशुल्क गरिएको छ ।
मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायिहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिएका छौं । स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हँुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भइ पर्यटन उद्योगलाई जोड्ने अपेक्षा गरिएको छ ।
यस्तो प्रकारको मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव हो यसलाई सफल बनाउन यहाँका जनप्रतिनिधि, कर्मचारी प्रशासन, उद्योगी व्यवसायी, कृषि क्षेत्रमा लाग्नु भएका महानुभावहरु, सहकारी, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने हुदां सवै क्षेत्रबाट यस मेलालाई सफल बनाई उद्योग, कृषि र पर्यटन विकासका लागि नगरपालिकाको प्रयासलाई सहयोग पुर्याईदिनु हुन सवैमा हार्दिक अनुरोध गरिएको छ ।