विश्वविद्यालयहरुले शिक्षासँगै हातमा सीप र श्रम गर्न दिनुपर्ने:प्रमुख सुनिल

भक्तपुर, २०७६ माघ १६ गते बिहिबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारागन एकेडेमीको १७ औं वृहत वार्षिकोत्सव, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको बिहिबार पानसका दीप प्रज्ज्वलन गरी उद्घाटन गरियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले अभिभावक र विद्यार्थीहरुले पैसा कमाउन र व्यक्तिगत सुख सुविधाको लागि नभई देश र जनताको सेवा गर्ने उद्देश्यले पढाउनुपर्छ भन्नुहुँदै भविष्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने सोचले शिक्षा, भूगोल, इतिहास, कला सँस्कृति जस्ता विषयहरुलाई विशेष महत्व दिई पठन पाठन गर्नु गराउनुपर्ने बताउनुभयो ।
उहाँले विश्वविद्यालयहरुले शिक्षासँगै हातमा सीप र श्रम गर्न दिनुपर्ने बताउनुहुँदै त्यस्ता व्यक्ति कहिल्यै पनि बेरोजगार हुनुनपर्ने बताउनुभयो ।
देशलाई अगाडि बढाउन विद्यालयले असल र सुसँस्कृत, योग्य नागरिक तयार गर्नुपर्ने भन्नुहुँदै उहाँले विद्यार्थीहरुको छनौटको विषय राम्रो हुनुपर्ने र देशले उत्पादन गरेका राम्रा विद्यार्थीहरु विदेशमा गईरहेको हुँदा विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराउनुपर्ने बताउनुभयो ।


प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकता दिई कार्य गरिरहेको बताउनुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंले लेख्नुभएको “१०० वर्ष पछिको भक्तपुर”को परिकल्पनालाई साकार पार्न नपाले विभिन्न भाषा सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
रात्रीकालीन समयमा पर्यटकहरुलाई भक्तपुरको अवलोकन गराउने उद्देश्यले ठाउँ ठाउँमा परम्परागत बाजा, नृत्य, भक्तपुर मौलिक पहिचान बोकेको साँस्कृतिक झाँकीहरुको व्यवस्थापन गराउने सोच रहेको बताउनुहुँदै कला,संस्कृतिलाई पुस्तान्तरण गराउने उद्देश्यले नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा ती विषयहरुलाई समेटेको उहाँले बताउनुभयो ।


पारागन एकेडेमीले देशको लागि योग्य जानशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुहुँदै प्रमुख अतिथि प्रजापतिले शिक्षाले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा उत्प्रेरक रमन नेपालीले अभिभावक तथा विद्यार्थीहरुलाई सकारात्मक सोचका साथ अगाडि बढेमा कहिल्यै पनि असफल नहुने हुँदा जीवनलाई सफल बनाउन आ–आप्mनो तर्पmबाट प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद कुसी, एनप्याब्सनका जी.बी खड्का, ई.सी.डी.एक्पर्ट सानु खड्का, नगर शिक्षा प्रमुख हरि निरौला, विद्यालयका प्रिन्सिपल पुण्यराम कवां, मर्डन बोर्डिङ स्कूलका प्रिन्सिपल बाबुकाजी कसपाल, अभिभावक दिपक लामिछाने, शिक्षक राजेन्द्र फोंजु, विद्यार्थी विजया काप्mले लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु, विभिन्न परीक्षामा सर्वोकृष्ट छात्र–छात्राहरु, साफ खेलकुदमा उत्कृष्टता हासिल गरेका पूर्व विद्यार्थीहरु तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट हुन सफल अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई मायाको चिनो र पदक वितरण गरिएको थियो ।