ज्ञानकुञ्चको ज्ञान ज्ञानकुञ्च पुस्तक विमोचन
भक्तपुर, जेष्ठ १९ गते
ज्ञानकुञ्च टोल सुधार समितिले ज्ञानकुञ्च पुस्तक विमोचन गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १स्थित भाज्य पुखूसँगैको विभिन्न वस्तिहरुको एकिकृत नाम ज्ञानकुञ्च टोल सुधार समितिले स्थानीय समाजसेवी कृष्णप्रसाद दुमरुले देखेको ज्ञानकुञ्च पुस्तक आज विमोचन गरेका हुन ।च्वङापाखे गणेश मन्दिर प्रांगणमा आयोजित बनभोज कार्यक्रममा स्थानीय जनप्रतिनिधी श्यामकृष्ण खत्रीले लेखक दुमरुको पुस्तक ज्ञानकुञ्चको विमोचन गर्दै ज्ञानकुञ्चमा बसोबास गर्ने २२ जिल्लाका मानिसहरुको ज्ञान र प्रतिभा नयाँ पुस्तामा हस्तान्तरण गर्न सके नयाँ पुस्ता सक्षम हुने विश्वास व्यक्त गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुँदै आएको सो वडाका ५ वटा टोल सुधार समितिहरु मध्ये ज्ञानकुञ्चले पुस्तक विमोचन सहित बनभोज आयोजना गरेर वस्तीमा रहेका बुद्धिजीवीहरुलाई चिन्ने अवसर मिलेको बताउनु भयो । भक्तपुर क्याम्पसले दिइरहेको उच्च शिक्षा र स्थानीय बुद्धिजीवीहरुको प्रयासले नै ज्ञानकुञ्च बस्ती विकास भएको चर्चा गर्दै उहाँले स्थानीय अग्रहजहरुको जिज्ञासा र गुनासाहरुलाई प्रष्ट्याउदै नगर खेलकूद समितिका अध्यक्ष समेत रहेको खत्रीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उदेश्य अनुसार एक घर एक स्नातक अभियान सञ्चालन गर्दै भक्तपुर नगरपालिकाले ख्वप कलेजहरु स्थापना गर्दै आएको बताउनु भयो । बाहिर साह्रे एघार लाख सम्मपर्ने शिक्षा ख्वप ल कलेजले साह्रे चार लाखमा दिइरहेको बताउँदै अहिले नगरपालिकाले ८ वटा कलेजहरु सञ्चालन गरी सुलभ शिक्षा दिइरहेको भन्दै पैसाकै कारण अध्ययन गर्न नसक्नेलाई ५ लाख, स्वरोजगार हुन चाहनेलाई ५ लाखसम्म ६ प्रतिशतमा ऋणको व्यवस्था गरेको चर्चा गर्दै वर्षको ३ करोडसम्म छात्रवृटि वितरण गर्दै आएको बताउनु भयो । यसै गरी नगरवासीहरुलाई १५।२० मिनेटमै स्वास्थ्य सेवा दिन सक्ने गरी डक्टर सहितको स्वास्थ्य केन्द्रहरु स्थापना गरी ख्वप अस्पताल सञ्चालन हुँदै आएको बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नम्वर १का वडासदस्य सुर्यप्रसाद श्रेष्ठ, कल्पणा शिल्पकारले पनि बोल्नु भएको सो कार्यक्रममा समालोचक उदय निरौला लेखक कृष्णप्रसाद दुमरु, रमेश कोजू, सुभद्रा ध्वोजू, नारायण थापा र राजन कोजूले पनि ज्ञानकुञ्च टोल सुधार समितिका गतिविधि र पुस्तकले समेतिका विषयवस्तुमाथि प्रकास पारेका थिए ।
विमोचित पुस्तक ज्ञानकुञ्चमा स्थानीय सांस्कृतिक सम्पदाहरुको परिचय, टोल सुधार समितिको विकासक्रम र गतिविधिहरु तथा तोल सुधार समितिले समेतिएका दुगुरे, खिङाख्वा र तपाखेमा भइरहेको वस्ति विस्तारको स्थिति बारे पनि प्रकाश पारेको छ । ५२ पृष्ठको ज्ञानकुञ्च रु. १ सय रुपियाँ मूल्य सहित ५ सय प्रति प्रकाशन गरेको लेखक दुमरुले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













