अमेरिकी चिकित्सकहरु ईट्टा भट्टाका मजदुरको स्वास्थ्य परिक्षण गर्दै

अमेरिकी चिकित्सकहरु ईट्टा भट्टाका मजदुरको स्वास्थ्य परिक्षण गर्दै
भक्तपुर, चैत्र १ गते
ईट्टा भट्टामा काम गर्ने मजदुरहरुको स्वास्थ्यको अध्ययन गर्न अमेरिकी चिकित्सक, नर्स तथा इन्जिनियरहरुको टोली भक्तपुर आएका छन् । एक हप्तासम्म भक्तपुरको श्वेतभैरव ईट्टा उद्योगमा कार्यरक्त मजदुरहरुको स्वास्थ्य अवस्था बारे अध्ययन गर्न ३६ जनाको टोली सोमबार भक्तपुर आएको भट्टाका प्रवन्धक राजकुमार लाखेमरुले बताए ।


कर्णाली मेडिकल कलेजका प्रोफेसर डाक्टर शेषानन्द संडेलको नेतृ्त्वमा गरिबीसँग सम्बन्धित वायु प्रदुषणः नेपालमा ईट्टा भट्टाका कामदारहरुको फ्रोक्सो वा श्वासप्रश्वास सम्बन्धी बिमारीको (दम रोगको) चिकित्सकीय तथा जलनयुक्त निशानहरु (संकेत वा चिन्हहरु) बारे खुला दाउराको आगोमा पकाउने बिरुद्ध एल.पि.ग्यास चुल्होमा पकाउँदाका असरहरुको समेत अध्ययन गर्न फिएचडिका चिकित्सकहरुको टोली भक्तपुर आएका हुन । काठमाण्डौ उपत्यका कचौरा जस्तो ठाउँमा बायु प्रदुर्षणका विभिन्न कारणहरु मध्ये ईट्टा भट्टाहरु पनि रहेकाले भट्टामा कार्यरत मजदुरहरुको स्वास्थ्य परिक्षण गरी अध्ययन थालेको उहाँले बताए ।
ईट्टा भट्टाहरु पहिले भन्दा धेरै वातावरण मैत्री भइसकेको उल्लेख गर्दै डाक्टर संडेलले उपत्यकाको बायुप्रदुर्षणमा यद्यपी १२ प्रतिशत ईट्टा भट्टाको भूमिका रहेको औल्याए । भट्टाका मजदुरहरुको खानपिन, ब्यवहारहरुको समेत अध्ययन गर्ने गरी ति टोली नेपाल आएको उहाँले बताए । विभिन्न प्रश्न सोध्दै भट्टाको धुलो र धुवाका कारण मजदुरको शरीरमा पारिरहेको असरहरुको समेत विभिन्न उपकरणहरु मार्फत अध्ययन भइरहेको उहाँले बताए । मुलुकभर रहेका १२ भन्दा बढी ईट्टा उद्योगहरु मध्ये भक्तपुरको श्वेतभैरव ईट्टा उद्योग प्रविधि र बातावरण मैत्री रहेकाले सोही भट्टाका मजदुरहरुको स्वास्थ्य परिक्षण गरी असरहरुको अध्ययनमा जुटेको उहाँले बताए ।
डाक्टर संडेलले सन् २०१७ मा पनि भक्तपुरका ९ वटा, काठमाण्डौका ३ वटा र ललितपुरका ४ वटा गरी १६ वटा भट्टाका ४ सय मजदुर र पसलेहरुको स्वास्थ्य अध्ययन गरी एमफिल गरेका थिए । सो बेला गरेको अध्ययनले वातावरणीय प्रभाव भन्दा ईट्टा भट्टाका प्रदुर्षण न्यूनिकरण गर्नुपर्ने निष्कर्ण निकालेको थियो । यसै अध्ययनलाई जोड दिदै अमेरिकाको जोहन अप्किन्सन विश्वविद्यालयको आर्थिक सहयोगमा ब्रिग्हम, विश्वविद्यालय, यूनि विश्वविद्यालय र कर्णाली मेडिकल कलेजको सहकार्यमा सो अध्ययन भएको हो ।