बेलायती संसदीय टोलीद्वारा भक्तपुरको ईट्टा भट्टाको निरिक्षण, वातावरणीय सुधार देखेर सांसदहरु दंग

बेलायती संसदीय टोलीद्वारा भक्तपुरको ईट्टा भट्टाको निरिक्षण, वातावरणीय सुधार देखेर सांसदहरु दंग
भक्तपुर, चैत्र १ गते
भक्तपुरको श्वेतभैरव ईट्टा भट्टाको जिकज्याक प्रविधि हेरर बेलायतका सांसदहरु आकर्षित भएका छन् । ईट्टा उत्पादन प्रकृयाको स्थलगत निरिक्षण गर्न आज भक्तपुर आएका ति सांसदहरुले आफै माटो चलाएर एवं भटीमा कोइला खन्याएर एक छिन मजदुरको भूमिकामा रहेर स्थलगत निरिक्षण गरेका थिए ।


नेपालमा ईट्टा भट्टाको वातावरणीय प्रभावलाई नजिकबाट हेर्दै प्राविधिक सहयोग गदैआएको इसिमोडको कार्य सम्पादनको प्रभावलाई हेर्न ति सांसदहरु भक्तपुर आएका हुन । ७ जनाको टोलिमा आएका सांसदहरुलाई भट्टाका संचालकहरुले भादगाउँले टोपी, फुलको माला र खाडा लगाई दिएर स्वागत गरेका थिए । इसिमोडका विद्या प्रधानले नेपालमा ईट्टा भट्टाको विकासक्रम र यसले वातावरणमा पारेको प्रभाव न्यूनिकरणका लागि बेलायत सरकारले गर्दै आएको आर्थिक भौतिक सहयोगको गतविधि बारे अध्ययन गर्न ति सांसदहरु नेपाल आएको बताए । उहाँले पहिले भन्दा ईट्टा भट्टामा निकै सुधार भएको देखेर सांसदहरु खुसि भएको बताए । पहिला धेरै प्रदुर्षण थियो । अहिले सुधार भयो । अरु भट्टा भन्दा राजकुमार लाखेमरुले सञ्चालन गर्दै आएको श्वेत भैरव ईट्टा भट्टामा प्रविधिको प्रयोगद्वारा सुधार र व्यवस्थित भएकोले बेलायति सांसदहरुलाई अवलोकन गराएको उहाँले बताइन । यता दक्षिण एसियालि ईटा उद्योग व्यवसायी संघका अध्यक्ष एवं नेपाल ईट्टा उद्योग महासंघका पूर्व अध्यक्ष महेन्द्र चित्रकारले विकसित देश बेलायतका सासंदहरु नै दंग भएर नेपालको ईट्टा भट्टाको प्रविधिको अवलोकन भएकोमा खुसि ब्यक्त गर्नु भयो र भन्नु भयो अझ कलात्मक ईट्टाहरु समेत उत्पादन प्रवर्धन गरेको देखाउन पाए राम्रो हुन्थ्यो । यसले बेलायत सरकारको सहयोग सदुपयोग भएको सन्देश जाने उहाँको भनाई थियो भने भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाई ह्यौवाले भक्तपुरमा सञ्चालित सबै ईट्टा भट्टाले जिकज्याक प्रविधिबाट ईट्टा उत्पादन गर्न थालिसकेकाले सरकारको मापदण्डभन्दा कम मात्रै वातावरण प्रदुर्षण भइरहेको कुरा वेलायती सांसदहरुले अवलोकन गर्नु राम्रो कुरा भएको बताए ।
भट्टाका प्रवन्धक तथा इसिमोड ईट्टा भट्टा प्रविधिका उपसंयोजक राजकुमार लाखेमरुले ईट्टा उत्पादनकालागि भट्टाको भटीमा बाल्ने इन्धनलाई जिकज्याक गरी पूर्णरुपमा बालेर धुवा ननिस्कने गरी बनाएको प्रविधिको बेलायती सांसदहरुले अभिरुचिपूर्वक अध्ययन गरेको बताए । आज भन्दा २० वर्ष पहिल्यै नेपाल भित्रिएको भएपनि सो प्रविधिलाई पछिल्लो चरणमा मात्रै भट्टाहरुले कार्यान्वयनमा ल्याइरहेको उहाँले बताए ।