भक्तपुर जिल्ला स्तरीय ११ औं राष्ट्रपति कप सुरु, बजेट अभावले अब्यवस्थित !

भक्तपुर जिल्ला स्तरीय ११ औं राष्ट्रपति कप सुरु, बजेट अभावले अब्यवस्थित !
भक्तपुर, फाल्गुण २ गते


पहिलेको पञ्चायत र अहिलेको गणतान्त्रीक ब्यवस्थामा पनि खेल क्षेत्र उस्तै रहेकोमा आफ्नो पार्टीको पनि कमजोरी रहेको उल्लेख गर्दै भक्तपुर क्षेत्र नम्वर २ का सांसद दुर्लभ थापाले ११ औं भक्तपुर जिल्ला राष्ट्रप ित कप रनिङ्ग सिल खेलकूद प्रतियोगिताको उद्घाटन गरेका छन् । महेश्वरी खेल मैदानमा भएको सो उद्घाटन समारोहमा उहाँले राजनैतिक खेलडीहरुका कारण खेलकूद विकास नभए पनि राजनतिमा भन्दा खेलकूदमा विकास भएको चर्चा गरे । खेल क्षेत्रको विकास गर्न जिल्लाका सांसद जनप्रतिनिधीहरु एकजुट हुनुपर्नेमा सांसद थापाले जोड दिएका हुन । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री र सूर्यविनायक नगरपालिकाका उपमेयर सरीता भट्टराई र भक्तपुर नगरपालिका वडा नम्वर ७का वडाध्यक्ष उकेश कवां, प्याप्सन, एनप्याप्सन र पत्रकार महासंघका प्रतिनिधीले पनि विद्यार्थी काल देखि खेलकूद गतिविधिमा सहभागिता गराउन सके अनुशासित खेलाडी उत्पादन भई खेलकै माध्यमबाट देश विदेशमा नाम कमाउन सकिने विश्वास ब्यक्त गर्दै यस वर्षको राष्ट्रपति कपमा भक्तपुरको सहभागिता उपलब्धीमूलक हुने विश्वास ब्यक्त गरे । भक्तपुर जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापाको सभापतित्वमा भएको सो प्रतियोगिता आज देखि महेश्वरी खेलमैदानमा आज देखि सुरु भएको हो । गत वर्षसम्म भक्तपुर नगरपालिकाले मात्रै सहभागिता जनाउँदै आएको राष्ट्रपति कपमा यस वर्ष भक्तपुरका ४ वटै नगरपालिकाको तर्फबाट जिल्लास्तरको प्रतियोगितामा सहभागिता जनाएको छ । सो प्रतियोगिताबाट विजयी खेलाडी मात्रै प्रदेशस्तर र राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा सहभागि हुन पाउने छन् । यद्यपी प्रतियोगितामा बजेट अभावका कारण प्रतियोगिताको भव्य तयारी गर्न नसकेको अतिथी र सहभागिहरुले औल्याएका थिए ।