कृषि उत्पादनका लागि विषादी अनिवार्य !, मानव स्वास्थ्यका लागि भने खतरा !!

कृषि उत्पादनका लागि विषादी अनिवार्य !, मानव स्वास्थ्यका लागि भने खतरा !!
भक्तपुर, माघ २६ गते
विषादीको प्रयोग नगरी कृषि उत्पादन सुरक्षित नभएको भन्दै भक्तपुरका कृषकहरुले विषादी विना उत्पादन बढाउन नसकिने बताएका छन् भने विषादीको प्रयोगले मानव स्वास्थ्यमा नराम्रोसँग प्रभाव भने पारिरहेको स्वीकारेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरले सरोकारवालासँगको सहकार्यमा पोषण प्रर्वधन तथा विषादी न्यूनीकरण, जिल्लामा विषादीको प्रयोगको अवस्था सम्बन्धि समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम आज आयोजना गर्दा सहभागि कृषकहरुले सो कुरा बताउँदै उत्पादन बढाउन, किरा लाग्न नदिन, फल राम्रो देखाउन विषादीको प्रयोग अनिवार्य भएको बताए । अर्गानिक खेती सजिलो नभएको भन्दै विषादी लगाइएन भने काँक्रो पनि बाँगिने, किरा लाग्ने भएकाले धेरै किसिमका विषादीहरु प्रयोग गर्ने गरेको पनि बताएका थिए भने विषादी बिक्रेता शिवभक्त भूजूले पहिला जस्तो अहिले विषादी हालेर किरा नमरेकाले विषादीको प्रयोग बढेकोे अनुभव सुनाए । विषादीको प्रयोगले होकी के हो आफ्नो पनि मुटुको भल्ब नै फेर्नुपरेको गुनासो गरे । उहाँले विषादीको गुणस्तरीयतामा प्रश्न गरेका थिए भने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बजार नियम गर्ने गाह्रो विषय भएको उल्लेख गर्दै आकस्मिकरुपमा पनि अनुगमण गरेर त्यसका त्रुटि र कैफियतहरुलाई समुदायमा जानकारी दिएर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । मेरर जाने चेला हो, बाचुँजेल केही गरौ भन्ने भावनाका साथ सबै निकायहरुको समन्वयबाट बजार अनगुमणका साथ विषादीको प्रयोग र पोषणमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । यस विषयमा जनचेतना अभिवृद्धिका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

पोषणको कमिले ४० प्रतिशत बालबालिकामा पुड्कोपना रहेको उल्लेख गर्दै सो अवसरमा जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बढ्दो विषादीको प्रयोग र असन्तुलीत भोजनले बालबालिकामा कुपोषण पनि बढि रहेको अवगत गराउनु भयो भने प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना भक्तपुरका चुडामणी भट्राईले बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्यमा खतरा निम्तिएको भन्दै सुरक्षित ब्यवहारका लागि सरोकारवालाहरुलाई अनुरोध गर्दै प्रस्तुती करण गरेका थिए । उहाँले विषादीको प्रयोगले तत्काल र दीर्घकालिन असर पर्ने भएकाले विषादीको सही रुपमा मात्रै प्रयोग गर्न आग्रह गर्र्नु भयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक प्रजित केसीले म्याद नाघेका विषादीको प्रयोगले झनै काम गर्ने हो की खराब गर्छ भन्दै आयोजकहरुसँग जिज्ञासा राखेकोमा कृषि विज्ञ भट्राईले म्याद नाघेको विषादी मानव स्वास्थ्यका लागि झनै खतरा हुने बताए । सो अवसरमा खोप अधिकृत दिपक अछामी र शान्तिराम खतिवडाले कार्यक्रममा सहजिकरण गरेका थिए भने रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति र स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष सुरेश सैंजूले पनि आआफ्ना जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा भेटेनरी अस्पताल तथा पश सेवा विज्ञ केन्द्रका डाक्टर रामप्रकास प्रधान, कृषी ज्ञान केन्द्रका नारायणकुमार प्रधान, सहायक प्रमुख जिल्ला अधिकृत माधवप्रसाद शर्मा सहितले पनि आआफ्ना धारणाहरु राख्दै विषादीको सही प्रयोगले क्षति न्यूनिकरण गर्न सकिने विचार ब्यक्त गरेका थिए । सो अवसरमा विषादीको बढ्दो प्रयोगले वातावणमा पारेको प्रभावहरुका बारेमा पनि चर्चा भएको थियो ।