विद्यालयस्तरीय खेलकूद: मिनी राष्ट्रिय प्रतियोगिता

विद्यालयस्तरीय खेलकूद: मिनी राष्ट्रिय प्रतियोगिता
भक्तपुर, पुस ६ गते
भक्तपुर नगर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी छ । १४ वटा विभिन्न खेलहरुमा २६९८ खेलाडी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको यस प्रतियोगिता नगरका विभिन्न १४ खेल क्षेत्रमा आयोजना भइरहेको छ ।
महेश्वरी खेल मैदानमा एथलेटिक्सका विभिन्न प्रतियोगिता आयोजना भइरहेको छ । त्यस मध्ये बुधबारसम्म कतिपयले २ वटासम्म स्वर्ण पदक जिति सक्दा अन्य प्रतियोगितामा पनि खेल्नुपर्ने र पद्क जित्छु भनि खेल मैदानमा विद्यार्थीहरु उत्रि रहेका छन् । पढाईसँगै खेल जीवनलाई पनि उत्कृष्ट बनाउन भक्तपुर जिल्ला बाहिरबाट आएका विद्यार्थीहरुको संख्या बाक्लो छ ।
आदर्श आजाद माविसँगैको ड्राइभिङ सेन्टरमा दिनभर कवर्डी प्रतियोगितामा विद्यार्थीहरु झुमि रहेका छन् । आज दिउँसो करिब १२:३० देखि एउटै समयमा आयोजना भएको छात्र छात्रा बीचको कर्वडी खेलमा बागेश्वरी माविका विद्यार्थीहरुले दुईटै खेल आफ्नो हात पारे । त्यसमाथि समाज सुधार माविका विद्यार्थीहरुलाई पारागण स्कूलका विद्यार्थीहरुले जित निकाले । विद्यार्थीहरु हौसिँदै आआफ्नो पक्षको जितका लागि साथ दिइरहे । कर्वडीमा आज पद्मा मावि र ख्वप माविका विद्यार्थीहरु बीच निकै होजबाजी र मैत्रीपूर्ण खेल भएको दर्शक विद्यार्थीको प्रतिकृया छ । यसरी विद्यार्थी दर्शकहरुको बीच रोचक बनेको कर्वडी खेल भने बुद्धकालिन नेपालको मौलिक खेल भए पनि यसलाई उपेक्षा गर्दै सरकारले राष्ट्रिय खेलबाट हटाएकोमा खेल प्रशिक्षक तथा राष्ट्रिय रेफ्रि पशुपति प्रजापतिले दु:खसो पोखे । नेपालको मौलिक खेललाई भारतले नीति बनाएर राष्ट्रिय खेल बनायो । तर भनसुनमा नेपालले हटायो । उहाँले भने हाम्रा बाउ बाजेले खेलेको कर्बडी हो । कर्बडी खेल नेपालीको रगतमा छ, पर्याप्त पूर्वाधार बनायो भने अझ राम्रो बनाउन सकिन्छ । कर्बडी खेलले धेरै जनालई एक्लैले तह लगाउने सिप सिक्ने बौद्धिक खेल भएकाले विद्यालय विद्यालयमा यस खेललाई विकास गनुपर्ने बताउँछन् । कर्बडी खेल्न बल भन्दा बुद्धि चाहिन्छ । सात जनालाई १ जनाले हराउन सकिन्छ । यस खेलमा हात, खुट्टा, मुख, डिमाग सबै चलाउन पर्छ । यसले बालबालिकाको शारीरिक र बौद्धिक विकासमा टेवा पुर्याउछ प्रशिक्षक प्रजापतिले भने ।


यता सहिदस्मृति खेल मैदानमा भलिबल खेलको सेमिफाइनल सम्पन्न हुँदा पद्म मावि र सैनिक आवासिय माविका विद्यार्थी खेलाडीहरु भोलि विहान फाइनल खेल्ने तयारीमा छन् । एक महिनाको तयारीका बाबजुत तेस्रोमा सिमित हुनुको कारण आफ्नो टिम वर्क नमिलेको बासु माविका छात्रा विद्यार्थीहरुले समीक्षा गरे ।
यसै गरी प्रतिस्पर्धामा उत्रेको ख्वप माविका विद्यार्थी र पद्म माविका विद्यार्थीहरुको जित र हातको समीक्षा गर्दै भलिबल प्रतियोगितामा सहभागि भएर थप सिक्ने अवसर पाएको बताए । आफू जित्दा हार्नेले पनि राम्रो खेलेको महसुस भएको बताए । खेललाई अझ राम्रो बनाउन टिमवर्क चाहिने महसुस गरे ।
विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुतन गर्न यस्तो प्रतियोगिताहरुले जीबन्तता दिने भएता पनि भक्तपुरमा भक्तपुर नगरपालिका बाहेक अन्य नगरपालिकाले यस्तो खालको बृहत खेलकूद प्रतियोगिता नगराउँदा गुणस्तरीय खेलाडी छनौट हुन नपाएको भन्दै राष्ट्रिपति कपमा समेत भक्तपुर नगरका खेलाडीहरु भलिबल खेल्दै आएको र तिनीहरु राष्ट्रियरुपमा पनि उत्कृष्ठ नै भएको बताउँदै भलिबल खेलका प्रशिक्षक विनोदचरण रायले प्रतियोगितामा मात्र होइन निरन्तररुपमा खेल खेलाउने बातावरण बनाउनुपर्नेमा जोड दिन्छन् । दक्षिण एसियामै भलिबल खेल तेस्रो पोजिसनमा छ यद्यपी यस खेलको विकासका पूर्वाधार बनाउन सकिएको छैन । तर भक्तपुर नगरपालिकाले वर्षको एक पटक भएपनि बृहत खेलकूद प्रतियोगिता आयोजना गरि खेल महोत्सव गर्दै आएको छ । यो मिनि राष्ट्रिय प्रतियोगिता हो । यस खेलमा जति राष्ट्रिय खेलमा समेत प्रतिस्पर्धी हुँदैन होला, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष समेत रहेको रायले बताए ।