छात्र छात्रा भलिबल प्रतियोजिता सैनिक आवसिय माविले जित्यो
भक्तपुर, पुस ७ गते
भक्तपुर नगर विद्यालय स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गत भलबिल खेलको छात्र छात्रा प्रतियोगिता दुबैमा सैनिक आवासिय विद्यालयले विजयी हाँसिल गरेको छ । दैनिक विहान १ घण्टा र साँझ १ घण्टा गरी दैनिक २ घण्टा भलिबल खेलको अभ्यासमा रहेको सैनिक आवासिय विद्यालयका छात्र छात्राहरुले भलिबल खेलको स्वर्ण पद्क जितेका हुन । बागीश्वरी कलेजका छात्रा खेलाडीहरुलाई लगातार दुई खेलमा पराजित गरी सैनिक आवसिय विद्यालयका खेलाडीहरुले जित निकाएका थिए भने भलिबलमा सबल विद्यालयको रुपमा चिनिने श्री पद्म माविका छात्रहरुलाई पनि लगातार दुई खेलमा पराजित गर्दै सैनिक आवासिय विद्यालयका छात्र खेलाडीहरुले जितेका हुन । जित पछि श्री पद्म माविका खेल शिक्षक दिपक मूलले हारजित स्वभाविक भएको भन्दै आफ्नो विद्यालय दोस्रो भए पनि चित्त बुझ्ने गरी विद्यार्थीहरुले खेल खेलेको, खेल रोचक र प्रतिस्पर्धी रहेको प्रतिकृया दिए ।
पहिलो हुन सफल सैनिक माविका प्रशिक्षक ताराबहादुर राउटले अन्य विद्यालयमा खेलको पूर्वाधार नभएकाले आवश्यक वन्दोवस्ती गर्न सके अन्य प्रतिस्पर्धी खेलाडीहरु पनि सवल हुने भन्दै आफूहरुले खेलाडी विद्यार्थीहरुलाई पढाईलाई समस्या नहुने गरी विहान बेलुकी एक एक घण्टा तालिमको व्यवस्था गरी विद्यार्थीहरुलाई खेल क्षेत्रमा अभिरुची जगाई राखेको बताए । सैनिक माविका विद्यार्थीहरु सवल भए पनि भक्तपुर नगरपालिले आयोजन ागर्ने प्रतियोगिताहरुमा बाहेक अन्य प्रतियोगिताहरुमा अवसर नआएकाले आफ्ना विद्यार्थीहरुको प्रतिभा देखाउन नपाएको पनि राउटले गुनासो गरे ।
भलिवल प्रतियोगिता सम्पन्न भएपछि भलिबल खेललाई अझ सशक्त बनाउन विद्यालयस्तरमा तालिम दिन आवश्यक महसुस गराएको भन्दै जिल्ला भलिवल संघका अध्यक्ष विनोद चरण रायले तालिम लिन चाहने विद्यार्थीहरुका लागि शहीद स्मृति खेलमैदानमै तालिमको व्यवस्था भएको बताए । सबै विद्यालयहरुमा तालिम दिन आवश्यक पूर्वाधार र प्रशिक्षक नहुने भएकाले इच्छुक विद्यार्थीहरुलाई थप तालिम दिन आवश्यक प्रशिक्षकको व्यवस्था संघले गरिदिने जानकारी दिएका छन् ।













