पाईपलाइनमा ईटा छपाई सुरु
भक्तपुर, कार्तिक १५ गते
भक्तपुर नगरपालिका वडा नम्वर १० स्थित पाईपलाईनमा ईटा बिछ्याउने कार्य सुरु भएको छ । नगरपालिकाको रु १७ लाख लगत इष्टिमेटमा करिब ७ लाख पेक्सीबाट करिव ३ सय मिटरको ईट्टा छपाई कार्य आजबाट सुरु भएको हो । भक्तपुर नगरको महत्वपूर्ण खानेपानीको लाईन भएकाले ढलान र पीच गर्न नमिल्ने भएकाले दशकौ देखि हिलो मैला अवस्थामा रहेको थियो भने गत महिनामात्रै स्थानीय समूदायको सक्रियतामा उपभोक्ता समितिमार्फत सो बाटो तिहार लगतै बनाउन सुरु गरेको थियो । ढुंगाको पर्खाल निर्माण पश्चात आजबाट ईट्टा छपाई सुरु भएको हो । सो छपाईमा ४ जना डकर्मी र २ जना ज्यामी खतिएका छन् भने उपभोक्ता समितिका पदाधिकारी समेत जुतेका छन् । भोलीबाट थप ३ जना नगरपालिकाका कर्मचारी बाटो बनाउन लाग्ने भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १०को वडा बजेटबाट सो ईटा छपाई कार्य भइरहेको छ । गत वर्ष भक्तपुर क्षेत्र नम्बर १का सांसद प्रेम सुवालको सिफारिसमा ईट्टा छपाई कार्य सुरु भएकोमा बाटोमा थप खानेपानीको पाई बिछ्याउनु परेपछि अधुरो भएको थियो ततःपश्चात भक्तपुर दरवार क्षेत्रका समुदायकालागि खानेपानीको पाईप बिछ्याउने कार्य सम्पन्न भएपछि थप ईट्टा बिछ्याउने कार्य सुरु भएको हो । ब्यारेकसम्मको बाटोमा भने गत वर्ष ग्राबिल बिछ्याउने कार्य भएको थियो । यद्यपी ढलको व्यवस्था हुन बाँकी रहेको स्थानीय समुदायको जनगुनासो छ । नयाँ नयाँ घर बनाउनेक्रमसँगै धारा जोड्ने बेला बाटो संरक्षणमा ध्यान दिन नसक्दा र बढी भारका सवारी साधनहरु सञ्चालन हुँदा खानेपानीको लाई टुट्ने र छापिएका ईटाहरु पनि टुट्फुट हुँदै बाटो हिलो मैलो भएका थिए । अब फेरी त्यसो हुन नदिने गरी उपभोक्ता समितिले ब्यवस्थापन गर्ने स्थानीयको तायारी छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














