भक्तपुर क्षेत्र नम्वर १ कमा गठबन्धन जित्ने दाबी

भक्तपुर क्षेत्र नम्वर १ कमा गठबन्धन जित्ने दाबी
भक्तपुर, कार्तिक १५ गते

भक्तपुर क्षेत्र नम्वर १ कमा गठबन्धनले जित्ने दाबी गर्दै आज पत्रकार सम्मेलन आयोजना गरेको छ । गठबन्धनका उम्मेदवार सुरेश श्रेष्ठले आफू समाजसेवी, जुझारु युवा भएकाले जनताका हरेक आवश्यकताहरुमा योगदान गर्न निर्वाचनमा होमिएको बताए । भक्तपुर क्षेत्र नम्वर १ क अन्तर्गतको चाँगुनारायण नगरपालिका काँग्रेसको बाहुलियता रहेको र प्रदेश सांसद पनि आफ्नै पार्टीले जितेकाले उहाँहरुको अधुरा काम देखि नयाँ भिजन सहित काम गर्न आपूm दिनको ३ घण्टा सुतेर जनताको बीचमा पुगि रहेको बताए । उम्मेदबार श्रेष्ठले आफू पैसा खर्चेर नभई पार्टीको सिद्धान्त अनुसार निर्वाचन जित्न लागि परेको दाबी गरे । सो अवसरमा सहभागि पत्रकारहरुलाई यातायात खर्च स्वरुप रु १ हजार उपलब्ध गराएका थिए ।