शिक्षाप्रेमी समाजसेवी बाटीको असामयीक निधनमा शोकसभा

शिक्षाप्रेमी समाजसेवी बाटीको असामयीक निधनमा शोकसभा

भक्तपुर । गणेश माध्यमिक विद्यालयका संस्थापक सदस्य तथा शिक्षाप्रेमी समाजसेवी श्यामसुन्दर बाटीको असामयीक निधनको शोक व्यक्त गर्न विद्यालय परिवारले हिजो एक शोक सभाको आयोजना गरी शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्ति गरियो ।
सभामा भक्तपुर नगरपालिका वडा नंं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्व. श्यामसुन्दर बाटी नेपाल मजदुर किसान पार्टीको निर्देशन अनुसार विभिन्न पार्टी तथा जनवर्गीय संगठनहरुमा सक्रियता पूर्वक काम गर्ने योद्धा भएको बताउ“दै नया“ पुस्ताले उहा“बाट सिक्नुपर्ने बताउनुभयो ।


सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले सामाजिक, शैक्षिक तथा राजनैतिक जीवनमा स्व. बाटीले देखाउनुभएको बाटोमा नयाँपुस्ता अघि बढ्नुपर्ने बताउनुभयो ।
सभामा विव्यसका पूर्व अध्यक्ष कृष्णबहादुर दुगजू, विद्यालयका प्रधानाध्यापक गणेशराम थुसा लगायतले स्व. बाटीको योगदानबारे चर्चा गर्नुभयो ।
पिता हरिभक्त र माता विष्णुदेवी बाटीको कोखबाट विसं. २०१४ साल कार्तिक १५ गते जन्मिनुभएका श्यामसुन्दर बाटी युवा अवस्थादेखि नै सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुभयो । तत्कालीन नेपाल मजदुर किसान संगठनमा आवद्ध हुनुभई उहा“ले पार्टीको नीति निर्देशनअनुसार शैक्षिक, सामाजिक र राजनैतिक जागरणका कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउनुभयो ।
शैक्षिक जागरणको अभियानकै शिलशिलामा वि.सं. २०४० सालमा गणेश मा.वि.को स्थापना गर्न विद्यालयका संस्थापक ज्ञानबहादुर न्याइच्याईको सल्लाहअनुसार गणेशबहादुर न्याइच्याईको अध्यक्षतामा बनेको सञ्चालक समितिमा सदस्य बनेर काम गर्नुभयो । सर्वसाधारण जनताका छोराछोरीहरुलाई शैक्षिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ स्थापना गरिएको गणेश माविको प्रगति र उन्नतिका लागि स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा उहा“को योगदान रहयो ।
आफूले विद्यालय जीवन प्राप्त नगरे तापनि शिक्षा क्षेत्रमा कामदार जनताको पहु“च बढाउन शिक्षाप्रेमी बाटी टोलमा रहेका विद्यालयहरुको प्रगतिमा लाग्नुभयो । उहाँ ज्ञानविजय आ.वि.को व्यवस्थापन समितिको सदस्य पनि हुनुहुन्छ ।
वडामा सञ्चालन हुने सामाजिक, सांस्कृतिक पक्षको उन्नति तथा विकासको लागि हुने निर्माण कार्यमा समेत उपभोक्ता समितिहरुमा बसेर स्थानीय क्षेत्रको विकास गर्न उहा“को अतुलनीय योगदान गरेको छ । विगत फागुण महिनादेखि ब्लड क्यान्सर रोगबाट पीडित श्यामसुन्दर बाटी २०७९ असोज २६ गते स्वर्गारोहण हुनुभयो ।