डा पुकारको एक वर्षे कार्यकालको उपलब्धी
आज डा प्ुकार चन्द्र श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकमा पुनः नियुक्ति भई आएको १ वर्ष पुरा भएको छ । उक्त एक वर्ष निम्न कारणले फलदायी भएको छ ।
१। मृर्गौला प्रत्यारोपणको संख्या ः एक वर्षमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १८० जना र काठमाण्डौ उपत्यका बाहिर सरकारी अस्पतलामा पहिलो पटक पोखरामा ४ जनाको गरी १८४ जनाको मृर्गौला प्रत्यारोपण भएको छ जुन संख्या हाल सम्म उक्त केन्द्रको नेतृत्वमा भएको सबैभन्दा बढी संख्या हो । यस अघि डा पुकारकै नेतृत्वमा एक वर्षमा १७९ जनाको मृर्गौला प्रत्यारोपण भएको थियो । कोभिड १९ को माहामारी र औषधिको अभावका बीच पनि १८४ जनाको मृर्गौला प्रत्यारोपण सम्भब भएको छ ।
२। एक वर्षमा ३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
३। डाइलाइसिस मेशीनको संख्यामा पनि अत्याधिक वृद्धि गरी ३५ बाट ७२ वटा मेशीन पु¥याई अधिकांश सञ्चालनमा ल्याइएको छ जसबाट निःशुल्क डाइलाइसिसका दैनिक १५० जना विरामीहरु लाभान्वित भएका छन् ।
४। यस वर्ष मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण कार्यक्रमलाई नेपाल सरकारले विशेष प्राथमिकतामा राखी देशको ७ वटै प्रदेशमा व्यापक रुपमा प्रचार प्रशार गर्ने योजना अनुसार जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा लिइएको छ । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू र उहाँकोे क्याबिनेटका सम्र्पूण सदस्यहरुले मृत्यू पश्चात आफ्नो सम्पूर्ण अंगदान गर्ने घोषणा बाट सम्पूर्ण जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
५। मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण अभियानमा केन्द्रले विभिन्न स्थानमा अन्तर्किया कार्यक्रम जारी राखेको छ । विगतको केही महिनामा सुर्खेतको प्रदेशिक अस्पतालमा, धनगढीको प्रादेशिक अस्पतल र गण्डकी प्रदेशको पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरामा तथा राजधानीमा विभिन्न कार्यक्रम मार्फत मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण कार्यमा व्यापक प्रचार प्रशार गरी जनचेतना जगाउने कार्य गरिएको छ ।
६। लामो समय देखि स्थगित भएको मस्तिष्क मृत्यूबाट हुने अंग दान र प्रत्यारोपण कार्य डा पुकार चन्द्र श्रेष्ठको कार्यकालमा पुनः सञ्चालनमा आएको छ । यस वर्ष मस्तिष्क मृत्यू भएका एक जना व्यक्तिको २ वटा मृर्गौला र १ वटा कलेजो प्रत्यारोपण भएको छ ।
७। देशका विभिन्न भागमा ७ वटै प्रदेशमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप नेपाल सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दलाई्र आफ्नो नीति तथा कार्यक्रममा राष्ट्रपतीज्यूबाट यो ‘केन्द्रलाई विस्तार गरिने छ’ भन्ने घोषणा भएको छ भने अर्थ मन्त्रीज्यूले यस आर्थिक वर्षको बजेट भाषणमै यस केन्द्रलाई प्रत्यारोपण सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गर्नु भएको छ । यो कुरा केन्द्रको लागि सबैभन्दा महत्वपूर्ण उपलब्धी हो र केन्द्रको भविष्यमा यसले छलाङ मार्ने छ । केन्द्रमा अब पठन पाठन र अध्ययन अध्यापन कार्य सञ्चालन हुने छन, दक्ष जनशक्ति उत्पादन हुनेछन, सेवा अझ उच्चस्तरीय हुनेछ साथै केन्द्रमा कार्यरत चिकित्सक, नर्स लगायत अन्य प्राविधिकहरुको पनि आफ्नो भविष्य उज्जवल हुने विस्वास गरिएको छ ।
८। केन्द्रको परिसर अत्यन्त साँघुरो भएको हुनाले नयाँ जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ र हाल उपलब्ध भएको जग्गामा पनि उचित उपयोग गर्नको लागि संरचना बनाउने तयारी भएको छ ।
९। केन्द्रको मुटुको सेवामा कार्डियोलोजी विभागले पनि सराहनीय कार्य गरेको छ । एन्जियोग्राम तथा एन्जियोप्लास्टी यही आर्थिक वर्षमा २०० जना भन्दा बढीको भै सकेको छ जुन केन्द्रको इतिहाँसमा सबैभन्दा धेरै हो । आगामी दिनमा कार्डियोलोजि विभागमा २० वटा बेड मात्र थप्न सकियो भने भक्तपुर र यसका पूर्वि जिल्लाहरुबाट आउने मुटुका विरामीहरुको लागि यहाँ २४ सै घण्टा मुटुको सेवा उपलब्ध गराउन सकिने छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
भक्तपुर,
६ असोज २०७९












