मानिसको सोच विचार र ब्यवहार अनुसार सहकारीको नीति र सेवा परिर्माजन आवश्यक ः अध्यक्ष पौडेल

मानिसको सोच विचार र ब्यवहार अनुसार सहकारीको नीति र सेवा परिर्माजन आवश्यक ः अध्यक्ष पौडेल
भक्तपुर, असोज २गते
त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष पारितोष पौडेलले पछिल्लो देश विदेशका घटनाक्रमले मानिसको सोच विचार र ब्यवहारमा परिवर्तन आएको भन्दै सो अनुसार सहकारीका नीति र सेवाहरु परिमार्जन गर्न आवश्यक भएकोमा जोड दिएका छन् । नेप्स्कुनको तर्फबाट सरकारले सन्दर्भ ब्याज दर सहित सहकारीका साझा विषयहरुमा ध्यानाकर्षण गराइरेहेको उल्लेख गर्दै त्रिनेत्रको वितिय विवरण हेर्दा उपलब्धी मूलक रहेकाले अव नयाँ अभियानका साथ थप उचाई प्राप्त गर्न आग्रह गर्नु भयो ।
सहकारीका सदस्यको भविष्यका लागि, सुरक्षाका लागि अब नयाँ किसिमले अघि बढ्नुपर्छ, बचत र ऋणको कारोबार त सबैले गर्छ अध्यक्ष पौडेलले भन्नु भयो सन् २०३० सम्ममा पैसा निषेध हुने समयसम्ममा मोबाइल प्रविधिको विकासको आवश्यकतालाई ध्यान दिन्दै सदस्य समुदायलाई सूसचित पार्नुपर्नमा सहकारीले ध्यान दिनुपर्छ ।


सभापतिको आसन्नबाट संस्थाका अध्यक्ष दिनेश बहादुर धौबन्जाले त्रिनेत्रलाई विधि र प्रविधिबाट अव सुसचित पार्ने जनाए भने त्रिनेत्रका संस्थापक अध्यक्ष एवं भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धैबन्जाले सहकारीमा सदस्य भएर उद्यमी व्यवसाय गर्दै आएका महानुभावहरुको व्यवसाय प्रवर्धनका लागि भक्तपुर उद्योग वाणिज्य संघ सहयोग गर्न तर्पर रहेको बताए । उहाँले उद्यमीको व्यवसाय विकासका लागि भक्तपुर जिल्लाको प्रतिस्थित सहकारीको रुपमा त्रिनेत्र सहकारी संस्थाहरु विकास हुँदै आएको बताउनु भयो । देशका विभिन्न सहकारीहरुमा विभिन्न विकृति र अबिस्वास फैलि रहँदा पनि सदस्यहरुको विश्वासका साथ त्रिनेत्र साकोस ११ औं वर्षमा पुग्न सफल रहेको बताउनु भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य कृष्णेश्वरी मचामसीले भक्तपुरका बचत तथा ऋण सहकारीलाई ब्यवस्थित गर्न, आवश्यक नीति निर्माण, क्षमतावृद्धिका लागि तालिमहरु र अन्तर लागानीमार्फत संस्थागत विकासकालागि, समुदायमा आधारित सहकारी बनाउनका लागि र सहकारीमा तहगत विकासका लागि जवाफदेही, जिम्मेबार र उत्तरदायि बनाउनकालागि क्रियाशिल रहेको बताउनु भयो । उहाँले सहकारी समाज विकासको माध्यम भएको बताए । नेपालको अर्थतन्त्र उकास्न, ब्यवसायी बनाउन, जनताको जीवन पद्धति, जीवन शैली, आर्थिक, सामाजिक, राजनैतिक, नैतिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण भएकाले देशको तेस्रो अर्थतन्त्रको खम्बाको रुपमा भूमिका खेल्दै आएको बताउनु भयो ।
सहकारी संस्थाले देशको आर्थिक विकासका लागि धेरै टेवा पुर्याउदै आएको उल्लेख गर्दै संस्थाको शेयर सदस्यहरुको तर्फबाट उत्कृष्ठ कारोवारकर्ता टंकबहादुर श्रेष्ठले लगानीकर्तालाई त्रिनेत्रले संकटमा पनि उत्कृष्ठ सेवा दिइ आएको बताउँनु भयो । संस्थाका सञ्चालक सदस्य रोजिना सैंजूले स्वागत मन्तव्य ब्यक्त गरेको सो कार्यक्रममा संस्थाका सचिव मनिषा राजकर्णिकारले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।