सबैकालागि पढाई कार्यक्रम मुलुककैलागि उपलब्धीमूलक हुने विश्वास

सबैकालागि पढाई कार्यक्रम मुलुककैलागि उपलब्धीमूलक हुने विश्वास
भक्तपुर, भाद्र १गते
सबैकालागि पढाई कार्यक्रम मुलुककैलागि नमूना शिक्षा प्रणालीको विकास भएको कार्यक्रमका संयोजक शौरभ शर्माले जनाएको छ । मुलुकका विभिन्न १० जिल्लाका ३० हजार सामुदायिक विद्यालयहरुमा नमूनाको रुपमा अपांगता भएका बालबालिकाहरुकालागि समावेशि शिक्षा दिन यो अभियान सन् २०१८देखि २२सम्मकालागि सञ्चालनमा आएको उहाँले बताए । सबै भन्दा बढी भक्तपुरका ४ वटै नगरपालिकाभित्रका विद्यालयहरुमा आपंगता भएका बालबालिकाहरुको पहिचान गर्दै तिनीहरुको खुबि अनुसार शिक्षा दिन वा पढाईमा पहुँच वृद्धि गर्न यो अभियानले शिक्षक, अभिभावक र सरोकारवाला स्थानीय तह र जनप्रतिनिधीहरुलाई समेत तालिम र पैरवी गरेको उहाँले बताए ।


शैक्षिकरुपमा अगाडी रहेको भक्तपुरका विभिन्न विद्यालयका शिक्षकहरुलाई सो बारे तालिम र पैरवी गरी अपांगता भएका बालबालिकाहरुकालागि पढाईमा सबलिकरण गर्न बिगत ४ वर्षमा भएका शैक्षिक गतविधि र अभ्यास तथा नीतिगत अभ्यास मुलुकका अन्य जिल्लाका लागि पनि प्रेरणाको श्रोत भएको उल्लेख गर्दै संयोजक शर्माले कोरोनाको कहर र नयाँ जनप्रतिनिधीहरुको आगमनले ओझेलमा परेको महसुस भएपनि यस बारे भएका उपलब्धीहरुलाई संस्थागत विकास गर्न स्थानीय तहलाई जिम्मेवार बनाउन सके थप प्रभावकारी हुने बताउछन् । सो अभियान  भक्तपुरमा समानताका लागि आवाजले संचालन गर्दै आएको छ ।
सबैकालागि पढाई कार्यक्रम अन्तर्गत आज र भोलिका लागि भक्तपुरको स्वीट होममा आयोजना भएको अभिमुखिकरण कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेका छन् ।
दुई दिने सो तालिममा प्रारम्भिक पहिचान, परिचय, महत्व, प्रश्नावली र प्रारम्भिक पहिचान गर्ने विधि र तरिकाको आवश्यकता र फाइदा बारे जानकारी दिनुका साथै शैक्षिक सहयोग प्रणालीको अवधारणा, महत्व, फ्लोचार्ट, तह विभाजन प्रणाली र यसको मार्गनिर्देशन तथा रेफरल प्रणाली बारे ब्याख्या, बैयक्तिक शैक्षणिक योजनाको अवधारणा, महत्व र विगतका अभ्यास, योजना निर्माण प्रक्रियाको जानकारी, बालमनोविज्ञानका बारेमा जानकारी, कक्षा कोठामा भित्र बालबालिकाको व्यक्तिगत विविधता व्यवस्थापन, समावेशि शिक्षाको बारेमा जानकारी प्राप्त गर्ने र समावेशि कक्षाकोठा व्यवस्थापनमा सहयोग पुग्ने वविधत्मक शैक्षणिक रणनीति र विद्यालयस्तरीय १ दिने तालिमको योजना निर्माण गरी प्रस्तुत गर्ने सिप दिएको थियो ।
पहिलो दिनमा बैयक्तिक शैक्षणिक योजना बारे प्रशिक्षक सूर्यभक्त प्रजापति र विद्यालय सुधार योजनाबारे चागुनारायण नगर शिक्षा शाखाका दिनेश अर्यालले प्रशिक्षण दिएका थिए भने दोस्रो दिन सहजकर्ता धुर्व निउरेले समावेशि शिक्षा बालमनोविज्ञान, कक्षा कोठा भित्र बालबालिकाको व्यक्तिगत विविधता व्यवस्थापन, पाठ्यवस्तु व्यवस्थापन रणनीति, क्रियाकलाप, विधि तथा पठन तत्वहरु केन्द्रित अभ्यास र १ दिने विद्यालय स्तरीय प्रारम्भिक पहिचान अभिमुखिकरण कर्ययोजनाको तयारी र छलफल गरिनेछ ।