उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता भाद्र ३ र४ गते भक्तपुरमा हुने
भक्तपुर, भाद्र १गते
काठमाण्डौ उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता भक्तपुरमा आयोजना हुने भएको छ । यही भाद्र ३ र ४ गते भक्तपुर नगरको लिवालीस्थित कबर्ड हलमा सो प्रतियोगिता आयोजना गर्न सम्पूर्ण तयारी पूरा भएको भन्दै आयोजक समिति भक्तपुर तेक्वान्दो संघका अध्यक्ष श्याम तजलेले प्रथम, दितृय र तृतिय हुनेलाई नगद पुरस्कारको व्यवस्था सहित प्रतियोगिता आयोजनाको तयारी भएको जनाएको हो ।
आज विहान पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक रोशन श्रेष्ठले अन्तर्राष्ट्यि डब्लु टिको नियमानुसार फुल सेन्सरमा खेल खेलाउने बताउनु भयो । १५० भन्दा बढी खेलाडीहरुको सहभागितामा पुरुष र महिला गरी ९६ वटा मेडलका लागि प्रतियोगिता आयोजना हुने जनाएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला तेक्वान्दो संघ अन्तर्गतका स्कूल र डोजांगका खेलाडीहरुले खेल्न पाउने गरी उपत्यकाव्यापी गेरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०७९ हुने भएको हो । प्रतियोगितामा गेरोगी विद्यामा महिला र पुरुक्ष ९।९ तौल समूह, पुम्से समूहमा क्यारेट महिला, पुरुष, जुनियर पुरुष, महिला, सिनियर पुरुष महिला गरी जम्मा ९६ मेडलकालागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमश नगद रु.१५ हजार, १० हजार र ५ हजारको नगद पुरस्कर सहित प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको छ । उत्कृष्ठ महिला र पुरुष खेलाडीलाई ट्फिको समेत व्यवस्था गरिएको छ ।
सो प्रतियोगिता अन्तर्गत भाद्र ३ गते खेलाडीहरुको तौल लिनुका साथै खेलाडीहरुको बर्गिकरण गरिने र ४ गते प्रतियोगिता आयोजना हुने आयोजक समितिद्वारी जारी विज्ञप्तीमा उल्लेख छ । प्रतियोगितको उद्घाटन भन्ने बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईबाट र समापन तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीबाट हुने पनि जानकारी दिएको छ ।














