मध्यपुर थिमी नगरपालिकाको आव २०७९।८०को बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक

मध्यपुर थिमी नगरपालिकाको आव २०७९।८०को बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक
भक्तपुर, श्रावण २५ गते

मध्यपुर थिमी नगरपालिकाले आव २०७९।८०को बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि, हाम्रो सम्पति भन्ने मूल नाराबोकेको मध्यपुर थिमी नगरपालिकाले आज सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रम अनुसार यो आर्थिक वर्षका लागि १ अर्ब ७८ करोड १० लाख ५० हजारको चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको बजेट विनियोजन गरेको जनाएको छ । सो अवसरमा प्रस्तुत बजेट सम्वन्धि विस्तृत जानकारी भएको पुस्तक र आर्थिक ऐन २०७९ समेत सार्वजनिक गरेको हो ।
रोजगार विस्तार गर्न प्राविधिक शिक्षालय सञ्चालन गर्ने लक्ष्यका साथ मध्यपुर थिमी नगरपालिका क्षेत्रलाई शैक्षिक गन्तव्य स्थलको रुपमा विकास गर्ने शिक्षा ऐन बनाउने नीति पनि लिएको छ । नगरवासीको आपत्कालिन स्वास्थ्य संकट व्यवस्थापनका लागि आकस्मिक स्वास्थ्य उपचार कोष स्थापना सहितको स्वास्थ्य ऐन स्वीकृत गरी लागु गर्ने नीति लिएको छ । नगर क्षेत्रभित्रका खुल्ला र सार्वजनिक जग्गाको संरक्षण र उपयोग गर्न आवश्यक बजेट विनियोजन गरी सार्वजनिक जग्गाको संरक्षणको नीतिलाई कार्यान्वयनमा लाने नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्वारा जारी बक्तव्यमा भनिएको छ । भवन निर्माण संहितालाई कडाइका साथ कार्यान्वयन गरी सबै खाले घर तहरा नियमण गरी नक्सापासको दायरामा ल्याउने भनिएको छ । मध्यपुर थिमीका मूत, अमृत र अभिलिखित कला संस्कृतिहरुलाई संरक्षण संवद्र्धन गर्दै अभिलेखिकरण गर्ने नीति प्रस्तुत गरेको छ । नगरको फोहर मेला व्यवस्थापनका लागि ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला निषेधित क्षेत्र धोषणा गरी कपडा र कागजातको झोला प्रयोगलाई प्रोस्ताहित गर्ने नीति लिएको छ । कृषि विमालाई प्रभावकारी बनाउने लक्ष्य लिएको मध्यपुर थिमीले राजश्व तथा आर्थिक नीति अन्तर्गत न्युनतम २० प्रतिशत श्रम सहभागितामा उपभोक्ता समिति मार्फत काम गराउने नीती पनि अवलम्बन गरेको छ ।