राष्ट्रिय मानव अधिकार मञ्चको केन्द्रीय सचिवालय भक्तपुरमा स्थापना

राष्ट्रिय मानव अधिकार मञ्चको केन्द्रीय सचिवालय भक्तपुरमा स्थापना
भक्तपुर, श्रावण २५ गते
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय मानव अधिकार मञ्च नेपालको केन्द्रीय सचिवालयको आज एक कार्यक्रम बीच भक्तपुरमा उद्घाटन गर्नु भएको छ । लामो समयसम्म कोठामा सिमित रहेको सो मञ्चलाई क्रियाशिल बनाउन केन्द्रीय सचिवालय भक्तपुरमा स्थापना गरेको आयोजकहरुले जनाएको छ । प्रजिअ शर्माले आज पानसमा दिप प्रज्वलन र साइनबोड उघारेर सो मञ्चको सचिवालय उद्घाटन गरेका हुन । सचिवालय स्थापना पछि मानव अधिकार संरक्षण र सम्वर्धनमा मञ्चले प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दै प्रजिअ शर्माले सो अवसरमा भक्तपुरमै मञ्चको केन्द्रीय सचिवालय स्थापना भएपछि मानव अधिकारका विषयवस्तुहरु उठान गर्न सजिलो भएको भन्दै यसबाट मानव अधिकारका क्षेत्रमा उपलब्धीमूलक कार्य हुने धारणा ब्यक्त गर्नु भयो ।
२०६५ सालमै स्थापना भएको राष्ट्रिय मानव अधिकार मञ्च नेपालले तत्कालै १३ जिल्लामा संगठन विस्तारको तयारी गरेको उल्लेख गर्दै मानव अधिकारका कमजोर पक्षहरुलाई उजागर गर्दै देशव्यापी रुपमा निस्वार्थरुपमा मानवअधिकार अभियान सञ्चालन गर्ने उदेश्यका साथ केन्द्रीय सचिवालय भक्तपुरमा स्थापना भएको आयोजक समितिका भरतबहादुर खड्काले बताए ।