राष्ट्रियता र देशभक्तिप्रति अटल बिजुक्छे: डा.अहिराज

देशभक्तिको सवालमा सतिसाल हुन् बिजुक्छे ः निवर्तमान प्रदेश प्रमुख
राष्ट्रियता र देशभक्तिप्रति अटल बिजुक्छे ः डा।अहिराज

काठमाडौं, १७ असार । वरिष्ठ वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देशभक्तिको सवालमा सतिसालझैं रहेको निवर्तमान प्रदेश प्रमुख डा।राजेश अहिराजले बताएका छन् ।


पत्नीशोकमा रहेका बिजुक्छेको भक्तपुरस्थित निवासमा शुक्रबार पुगी समवेदना प्रकट गर्दै डा।अहिराजले सो कुरा बताएका हुन् ।
राष्ट्रियता र देशभक्तिको सवालमा सधैं अटल रहने बिजुक्छेको राजनीतिक यात्राबारे प्रशंसा गर्दै उनले भने, ‘नेपालका राजनीतिज्ञहरुले नारायणमान बिजुक्छेबाट देशप्रति समर्पण र त्याग सिक्नुपर्छ ।’
उनले राष्ट्रियता र देशभक्तिप्रति बिजुक्छेको सिद्धान्तलाई प्रसंशा गरेका छन् ।
बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा असार ८ गते निधन भएको थियो ।
डा।अहिराजले बिजुक्छेको भक्तपुरस्थित निवासमै पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए ।