नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम

नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम
भक्तपुर । स्थानीय निर्वाचान २०७९ मा भक्तपुर नगरपालिका वडा नं. १ बाट अत्यधिक बहुमतका साथ नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हिजो गणेश माध्यमिक विद्यालयले बधाई तथा शुभकामना प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका भक्तपुर जिल्ला अध्यक्ष तथा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विचारले विकास जन्माउने कुरा राख्दै नेपाल मजदुर किसान पार्टीले लिएको सिद्धान्त र नीतिले भक्तपुरमा शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षणमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।
संगठित शक्तिविनाको असन्तुष्टि बलिदानमा टुंगिने भएकोले नया“ पुस्ताले संगठित शक्तिको आवश्यकतालाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताउ“दै देशको लागि राम्रो काम गर्न कहिल्यै भोलि भन्न नहुने विचार राख्नुभयो ।
विद्यालयको कक्षाकोठामा मात्रै सबै विषयहरुको पठनपाठन सम्भव नहुने भएकोले विद्यार्थीले समाजलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन बारम्बार गोष्ठी, छलफल, भेला, अध्ययन तथा देशभक्तिपूर्ण आन्दोलनमा सहभागी भैरहनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लक्ष्मीनारायाण राजलवटले नवनिर्वाचित जनप्रतिनिधिहरुले जनताको बीचमा गएर काम गर्न तथा जनताको सेवा गर्ने भावनामा कहिल्यै विचलित नहुने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित १ नं. वडाअध्यक्ष श्यामकृष्ण खत्रीले जनाले दिएको अत्यधिक मतले थप जिम्मेवारी दिएको बताउ“दै पार्टीको चुनावी घोषणापत्रलाई अक्षरस कार्यान्वयन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रअ गणेशराम थुसाले स्वागत गर्नुभयो भने नवनिर्वाचित सदस्य सूर्यप्रसाद श्रेष्ठ र शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभयो ।