मुहान पोखरीको पानी धमिलो, जनस्वास्थ्यमा खेलवाड !

मुहान पोखरीको पानी धमिलो, जनस्वास्थ्यमा खेलवाड
भक्तपुर, जेष्ठ ९ गते
भक्तपुर नगरमा मेलम्चीको पानी ल्याउने अन्तिम तयारी भइरहँदा मुहान पोखरीबाट आएको पानी भने धमिलो आएको छ । वर्षासँगै पानीको बहाब बढेपछि आएको पानी धमिलो पाइएको हो । मुहान पोखरीबाट आएको पानी खरिपाटीस्थित पानी ट्याकीमा भरेर, फिल्टर गरेर, निर्मलिकरण गरेर खान योग्य बनाएर मात्रै घर घरको घारामा पाठाउने गरेको खानेपानी संस्थानले आज भने खोलाको धमिलो पानि सिधै घर घरको धारामा पठाएका देखिएको छ ।

मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने भनि रहँदा मुहान पोखरीमा असर पर्ने गरी बनाएको रंगशाला, र बाटो निर्माण

लगायतका गतिविधिले खानेपानी धमिलो आएको अनुमान गरिएको छ । यस विषयमा खोनेपानी संस्थान भक्तपुरका कार्यालय प्रमुख सुरेन्द्र हिमालयसँग बुझ्न खोज्दा उहाँको फोन उठेको थिएन । गत वर्ष पनि यसै गरी धमिलो पानी आएको गुनासो गर्दा भंगेरीमा बनाएको रंगशाला र मुहान पोखरी आसपासमा गरेको बन सम्पदा फदानी र निर्माण कार्यहरुले गर्दा पानी धमिलो आएको बताएको थियो । मुहान पोखरीको रिर्झब ट्यार्कीमा पानी नभई हिलो माटोले भरिएपछि बाइपासबाट मात्रै पानी ट्यांकीमा जम्मा गर्न सकेको थियो । मुहान पोखरीबाट आएको पानी खरिपाटीको ट्यार्कीमा थ्रिग्याएर फिल्टर कार्य पूरा गरेपछि मात्रै वितरण गर्ने गरेकोमा आज भने त्यसो नगरी सिधै घर घरको धारामा पठाएको थियो । यसले गर्दा उपभोक्ताले पहिलै जम्मा गरेको ट्यांकीको पानी समेत प्रदुष्टि भएको छ । यसरी प्रकृया पूरा नगरी खानेपानी वितरण गर्दा सिधै जनस्वास्थ्यमा असरपर्ने देखिएको छ ।