भक्तपुर पत्रकार महासंघले मनाए, २७ औं स्थापना दिवस

भक्तपुर पत्रकार महासंघले मनाए २७ औं स्थापना दिवस
भक्तपुर, पुस २३ गते
नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाले आज २७ औं स्थापना दिवस मनाएको छ । संस्थापक पदाधिकारी एवं वतर्मान पदाधिकारी तथा सदस्य पत्रकारहरुको सहभागितामा आज महासंघको कार्यालयमा स्थापना दिवस मनाएको हो । शुभकामना तथा चियापान कार्यक्रमका साथ मनाएको सो स्थापना दिवसको अवसरमा महासंघको आफ्नै भवन निर्माणका समस्या र भएका प्रयासहरु बारे महासंघका अध्यक्ष जगत प्रजापतिले जानकारी दिएको थियो । स्थापना दिवस नेपाल पत्रकार महासंघ काठमाण्डौ उपत्यका समितिका अध्यक्ष श्रीजन झाको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो ।