कांग्रेस, एमाले र माओवादीको विकल्प नेमकिपा
काठमाण्डौं, बैशाख २३ गते
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशभर एमाले र कांग्रेसले आआफ्नो गठनबन्दन बनाउँदै देशमा दुई दलिय तानाशाह लाड्न खोज्नु बहुदलिय प्रजातन्त्र र लोकतन्त्रको मर्म विपरित भएको बताउनु भएको छ । नेमकिपा काठमाण्डौका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्नु हुँदै

सांसद सुवालले देशको सार्वभौमिकता रक्षाका लागि नेकपा एमाले, कांग्रेस र माओबादीको विकल्प नेमकिपा रहेको बताउनु भयो । नेमकिपा बाहेक अन्य दलहरुले देशको स्वाधिनता रक्षा गर्न नसक्ने कुरा एमसीसी पास गरेबाट पुष्टि भएको उल्लेख गर्दै पटक पटक सिंहदरवार पुगेर ३२ वर्षसम्म ति पार्टीले के गर्यो ? प्रधानमन्त्री शेरबहादुर देउवासँग सांसदमा यसरी सोध्दा शीर निहुराएर मात्र बस्नु भयो सांसद सुवालले भन्नु भयो । हात्ति पार्टीलाई ठीक पार्ने सिद्धान्त र विचार भएको पार्टी नेपाल मजदुर किसान पार्टी मात्र भएको भन्दैै सांसद सुवालले माउटे भएर नेमकिपाले हात्ति पार्टीहरुलाई ठीक पार्ने बताउनु भयो ।आसन्न निर्वाचनले ति देशघाटी दलहरुलाई दंडित गर्नुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनताका लागि नेमकिपाको मादल चिन्हमा मतदान गर्न आह्वान गर्नु भयो ।
जनप्रतिनिधी भएपछि काठमाण्डौमा घर घडेरी बनाउनैपर्ने, पद पैसा दिएर मत लिएपछि मतदातालाई छाप हाल्ने नभनि के भन्ने ? भन्ने जस्ता मनि र मसलबाट निर्वाचित प्रतिनिधीले देश चलाई रहेको छ सांसद सुवालले भन्नु भयो । सो अवसरमा सांसद सुवालले नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ्ग कलेजले देशभर हजारौं इन्जिनियर उत्पादन गरि देशका लागि योगदान दिइरहेकोे विवरण प्रस्तुत गर्नु भयो ।
नेमकिपा काठमाण्डौका अध्यक्ष सनकमान महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष तथा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सत्तासिन दलहरुले देशघाटी काम मात्र गरेको चर्चा गर्दै ति दलहरु स्थानीय तहका लागि पनि काम नलाग्ने बताउनु भयो । तिनीहरुसँग देश विकासको भिजन समेत नभएको उल्लेख गर्दै देशको कला संस्कृति र सभ्यता संरक्षणमा नेमकिपाले विगत ५० औं वर्ष देखि योजनाबद्धरुपमा काम गर्दै आएको बताउनु भयो । उहाँले सत्तासिन दलहरुले देशभरका मानिस काठमाण्डौ थूपारेर, काठमाण्डौ शहरलाई अब्यवस्थित र फोहरको दंगुर मात्र बनाएर, विश्वभरका पर्यटकहरुलाई नकारात्मक सन्देश दिएर देश विकास गर्यौ भन्न नमिल्ने बताउनु भयो ।

बागमती प्रदेशका अर्का सांसद सृजना सैंजूले मित्र राष्ट्रहरुले बनाई दिएको देशका कलकारखानाहरु सत्तासिन दलहरुले धरासायी बनाएर राष्ट्रिय स्वाधिनता कमजोर बनाएको, युवाहरुलाई बेरोजगार बनाएको, देशको अर्थतन्त्र धरासायी बनाएर भारतीय एकाधिकार र पूजीपतिहरुलाई पोस्ने काम मात्र गरेको बताउनु भयो ।
सांसद सैंजूले देशमा उत्पादन छैन, युवाहरुलाई विदेश पठाउने मात्र योजना बनाएको छ भन्दै सत्ताधारीहरुले जनतालाई महंगी मात्र दिएकोले आसन्न निर्वाचनमा नेमकिपाको मादलमा मतदान गर्न आह्वान गर्नु भयो । नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले देश विकासकालागि अग्रनी भूमिका खेल्ने नेमकिपा नै भएको उदाहरण भक्तपुर नगरपालिका भएको चर्चा गर्दै सत्तासिन दलहरुले देशको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप गरेकाले आसन्न निर्वाचन देशभक्त र प्रतिगामीहरु बीच हुने भएकाले सचेत जनताले देशभक्तहरुको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रममा काठमाण्डौ महानगरपालिकाको प्रमुख पद्का प्रत्यासी सुरेन्द्र श्रेष्ठले निर्वाचन घोषणा पत्रका प्रतिबधताहरु प्रस्तुत गर्नु भएको थियो भने सभापति महर्जनले भक्तपुर नगरपालिकाले जस्तै देशकै उत्कृष्ठ नगर बनाउन स्थानीय तहमा नेमकिपाका उम्मेदबारहरुलाई जिताउन आह्वान गर्दै विचार र सिद्धान्त विहिन गठनबन्दनका पार्टीहरु राष्ट्रघाटी भएको बताउनु भयो । सो कार्यक्रममा नेमकिपा काठमाण्डौका राजबीर डंगोलले काठमाण्डौ जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका नेमकिपाका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दै नेमकिपाको निर्वाचन गतिविधिहरु बारे जानकारी प्रस्तुत गरेका थिए ।


















