सूर्यविनायक नगरमा एमालेले भ्रष्टाचार गरेको कांग्रेसको आरोप

सूर्यविनायक नगरमा एमालेले भ्रष्टाचार गरेको कांग्रेसको आरोप
भक्तपुर, बैशाख २२ गते

विकासको नाममा एमालेले सूर्यविनायक नगरमा भ्रष्टाचार गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसबाट निर्वाचन लडेका सूर्यविनायक नगरपालिकाका प्रमुख पदका उम्मेदबार निशान ढुंगेलले एमाले नेतृत्वको स्थानिय सरकारको समयमा नगरमा भष्ट्रचार मौंलाएको, आफ्ना कार्यकर्तालाई मात्र लाभ हुने काम गरेका आरोप लगाएका हुन् । निर्वाचन प्रचार प्रसारका क्रममा उम्मेदबार ढुंगेलले ‘एमाले पार्टी विभाजन तथा उनीहरुले स्थानिय तहमा रहँदा गरेका भष्ट्रचारबाट जनता आजितहरु भएको बताए । यसै बीच उपप्रमुखका उम्मेदबार श्यामसुन्दर बस्नेतले घरदैलो कार्यक्रमको क्रममा मतदाताले बाटो, पानी, ढल जस्ता विकासका कामको माग गरेको बताए । उहाँले ‘विकासका नाममा एउटै बाटोमा कतै १३ फिट चौडा, कतै ११ फिट र कतै ३ फिटमात्र चौडा सडक बनाएर ‘आफ्ना कार्यकर्तालाई ठेकेदार बनाएर पैसा वाडने काम मात्र विगतमा भएको बताए ।
निर्वाचन आफ्नो पक्षमा ल्याउनका लागि सूर्यविनायक नगर भित्र ३ हजार ३ सय ३३ क्रियाशिल सदस्यहरुलाई चुनावमा परिचालन गरिएको पनि जनाएको छ ।