मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा ।

मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा ।
नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आज दुई खेलका लागि टिम घोषणा गर्नुभएको हो । प्रशिक्षक अब्दुल्लाहले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गर्नुभएको छ । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई खेलको मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रवरी १ मा हुने छ । दुबै मैत्रीपूर्ण खेल ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । पहिलो मैत्रीपूर्ण खेलका लागि किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ लगाएत रहेका छन् । यस्तै दोस्रो खेलको लागि किरण लिम्बु, विशाल श्रेष्ठ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, आशिष लामा लगाएत खेलाडी छनोटमा परेका छन् ।