थप १ हजार ४ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि ।
पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार ४ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्रख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ सय ५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपाल कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ६ पुगेको छ भने ८ लाख १४ हजार ४ सय ८५ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितकोे संख्या ७ हजार ८ सय ५५ जना रहेका छन् । जसमध्ये ७ हजार २ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














