एन्फामा भक्तपुरको अपिल

एन्फामा भक्तपुरको अपिल

ललितपुर, २२ पुस । अखिल नेपाल फुटबल संघ(ब्ल्ँब्)को आज २०७८ पुस २२ गते बैठक हुने जानकारी प्राप्त भए पछि गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघले अपिल निकाली ललितपुरको सातदोवाटो एन्फा कम्प्लेक्समा अध्यक्ष गौतम सुजखु, उपाध्यक्ष रामकृष्ण प्रजापति र सुनिल प्रजापतिले बैठकमा सहभागीहरुलाई अपिल वितरण गर्नु भयो ।
अदालतमा विचारधीन विषयलाई अर्को तदर्थ समितिलाई जिल्ला लिग गर्न दिएकोमा अदालतको अपहेलना भएको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो । कानुनी राजलाई एन्फाका अध्यक्षले ध्वती लगाई दिएको अवस्थामा २१ औं शताब्दीका केन्द्रीय सदस्यहरु गुलाम हुन नसक्ने र सत्य तथ्य बोल्ने बताउनु भयो ।
अध्यक्ष गौतम सुजखुले हस्ताक्षर गरेको उक्त अपिलतमा १९ औं साधारण सभाले समेत तदर्थ समितिलाई अनुमोदन समेत गरेन बरु गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन २७ वटा जिल्ला संघहरुले निवेदन समेत उक्त सम्मानित सभामा पेश गरेको थियो । तदर्थ समितिलाई जिल्ला लिग गर्न बिना सुचना पुस ५ गते किशोर हेका अध्यक्ष भनि पत्रकार सम्मेलन गरी जिल्ला लिग गर्ने समाचार प्रकाशित गरेकोमा घोर आपति प्रकत समेत गरेको छ । जबकी एन्फाले ६ महिना भित्र तदर्थ समिति गठन गर्ने निर्णय भएकोमा त्यसपछि गठन भएको तदर्थ समिति बैधानिक नभएको समेत उल्लेख छ ।
एन्फाका केन्द्रीय सदस्य संजिव मिश्रको आतिथ्यतामा भएको अधिवेशनले निर्वाचित गौतम सुजखुको संघले एन्फाको साधारण सभा र अधिवेशनमा सहभागी भई अहिलेका अध्यक्ष कर्मालाई नै केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको संघ कसरी अवैधानिक भयो ? साधारण सभामा एन्फाको अनियमितता र विकृति बारे कुरा उठाएको भरमा कार्यवाही हुने कस्तो दुर्भाग्य हो यो ? सत्य कुरा पनि बोल्न नदिने एन्फाका अध्यक्षको नियत मातहतका पदाधिकारीहरु र संघहरु दास बन्नुन भने चाहेको हो ? भनि उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो । अपिलको पूर्ण विवरण ः–

अपिल
मिति ः २०७८।०९।२२ गते
आधिकारीक संघलाई मान्यता दिने सम्बन्धमा

अखिल नेपाल फुटबल संघ(ब्ल्ँब्)को आज २०७८ पुस २२ गते बैठक हुने जानकारी प्राप्त भयो । भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नया“ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिड्ड शेर्पा निर्वाचित भएको थियो भने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो । त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भयो । तर साधारण सभामा एन्फाको अनियमितता र विकृति बारे कुरा उठाएको भरमा कार्यवाही गरी एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने सर्वसम्मत निर्णय अनुसार अहिले छ महिना नाघि सकेकोले गठित तदर्थ समिति स्वतः बदर हुने समेत देखिन्छ साथै तदर्थ समितिको प्रमाणपत्र समेत दिएको थिएन । पछि भित्र भित्र जालसाझी गरी प्रमाणपत्र खुसुक्क दिएको देखिन्छ । १९ औं साधारण सभा यहि २०७७ माघ ६ गते भएको साधारण सभामा सहभागी हुन गौतम सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघले सहभागीको लागि २०७७ पुस २८ गते एन्फामा पत्राचार समेत गरेका थियौं । तर दुवै समितिलाई सहभागी नगराउने भनि तदर्थ समितिका सहभागीहरुलाई फिर्ता पठाएको थियो । उक्त साधारण सभाले समेत तदर्थ समितिलाई अनुमोदन समेत गरेन बरु गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन २७ वटा जिल्ला संघहरुले निवेदन समेत उक्त सम्मानित सभामा पेश गरेको थियो । तदर्थ समितिलाई जिल्ला लिग गर्न बिना सुचना पुस ५ गते किशोर हेका अध्यक्ष भनि पत्रकार सम्मेलन गरी जिल्ला लिग गर्ने समाचार प्रकाशित गरेकोमा घोर आपति प्रकत समेत गरेका थियौं ।
अखिल नेपाल फुटबल संघ(ब्ल्ँब्)को कार्यक्रम अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को लागि भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्मानीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघ भएकोले पुस २२ गतेको अखिल नेपाल फुटबल संघ(ब्ल्ँब्)को बैठकले गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन समेत अनुरोध गर्दछु ।

गौतम सुजखु
अध्यक्ष