राष्ट्रिय योजना आयोगले समाजवादउन्मुख राज्य व्यवस्थाअनुरुपको योजनाहरु तयार गर्नुपर्ने ः प्रमुख प्रजापति ।
भक्तपुर । २०७८ पुस ९ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रामकुमार फुयालले शुक्रबार भेट गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित समपूरक र विशेष योजनाहरु निरीक्षणका लागि भक्तपुर आउनुभएका फुयाललाई नगर प्रमुख प्रजापतिले नगरपालिकामा स्वागत गर्नुहुँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा सञ्चालित गतिविधिहरुबारे उहाँलाई अवगत गराउनुभयो ।
भेटका क्रममा नगर प्रमुख प्रजापलिते राष्ट्रिय योजना आयोगले समाजवादउन्मुख राज्य व्यवस्थाअनुरुपको योजनाहरु तयार गर्नुपर्ने बताउनुहुँदै आयोगका योजनाहरु कार्यान्वयन नभए आयोगको औचित्यतामाथि प्रश्न उठ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सरकार सरकार जस्तो छैन, व्यवस्थापिका व्यवस्थापिका जस्तो छैन र राष्ट्रिय योजना आयोग आयोग जस्तो छैन । त्यसमा सुधारको आवश्यकता छ ।’
देशको कूल बजेटको ५० प्रतिशत बजेट स्थानीय तहलाई विनियोजन गर्नुपर्ने बताउनुहुँदै नगर प्रमुख प्रजापतिले स्थानीय तहहरुको आवश्यकतालाई प्राथमिकता तोकेर वर्गीकरण गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सशर्तको नाउँमा योजना छनौट केन्द्र र प्रदेशले गर्नु संघीयताको भावना विपरीत भएको बताउनुभयो ।
देशका राष्ट्रिय स्तरका योजनाहरु स्थानीय तहमार्फत सञ्चालन गर्न आयोगले विशेष पहल गर्नुपर्छ भन्दै उहाँले भक्तपुर नगरपालिकाले शिक्षालाई राज्यकै दायित्वअन्तर्गत ल्याउने उद्देश्यले शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सस्तो र गुणस्तरीय ढंगले प्रदानगर्दै आइरहेको बताउनुभयो ।
भेटमा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले स्थानीय तहलाई बलियो र अधिकारसम्पन्न बनाउने ढंगले योजना छनोटमा जोड दिँदै आएको बताउनुहुँदै अन्य स्थानीय तहको तुलनामा भक्तपुर नपाको लागि विशेष र समपूरक अनुदानको लागि योजना र कार्यक्रम छनोटमा ध्यानाकर्षण गराउन स्थलगत भ्रमणमा आएको बताउनुभयो ।
उहाँले विद्यालय भवन, खोला सुधार र कलेज भवनलगायतको शीर्षकमा आयोगले २ वटा समपूरक र २ वटा विशेष योजना सञ्चालनको लागि बजेटको व्यवस्था गर्न सकिने जानकारी गराउनुभयो ।
संघ, प्रदेश र स्थानीय सरकार आफैमा स्वायत्त संस्था भएको बताउनुहुँदै उहाँले तीनवटै सरकारबीच समन्वयतात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
भेटपश्चात उहाँलाई भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, प्रस्तावित अरनिको सभाभवन क्षेत्र, निर्माणाधीन ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, बाराही पुल र बाराही खोला सुधारलगायतको स्थलगत निरीक्षण गराउनुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...
असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
2026-10-26 Comments Off on असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज...
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
2026-10-26 Comments Off on स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचनललितपुर,वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना...
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...













