राष्ट्रिय योजना आयोगले समाजवादउन्मुख राज्य व्यवस्थाअनुरुपको योजनाहरु तयार गर्नुपर्ने ः प्रमुख प्रजापति ।
भक्तपुर । २०७८ पुस ९ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रामकुमार फुयालले शुक्रबार भेट गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित समपूरक र विशेष योजनाहरु निरीक्षणका लागि भक्तपुर आउनुभएका फुयाललाई नगर प्रमुख प्रजापतिले नगरपालिकामा स्वागत गर्नुहुँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा सञ्चालित गतिविधिहरुबारे उहाँलाई अवगत गराउनुभयो ।
भेटका क्रममा नगर प्रमुख प्रजापलिते राष्ट्रिय योजना आयोगले समाजवादउन्मुख राज्य व्यवस्थाअनुरुपको योजनाहरु तयार गर्नुपर्ने बताउनुहुँदै आयोगका योजनाहरु कार्यान्वयन नभए आयोगको औचित्यतामाथि प्रश्न उठ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सरकार सरकार जस्तो छैन, व्यवस्थापिका व्यवस्थापिका जस्तो छैन र राष्ट्रिय योजना आयोग आयोग जस्तो छैन । त्यसमा सुधारको आवश्यकता छ ।’
देशको कूल बजेटको ५० प्रतिशत बजेट स्थानीय तहलाई विनियोजन गर्नुपर्ने बताउनुहुँदै नगर प्रमुख प्रजापतिले स्थानीय तहहरुको आवश्यकतालाई प्राथमिकता तोकेर वर्गीकरण गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सशर्तको नाउँमा योजना छनौट केन्द्र र प्रदेशले गर्नु संघीयताको भावना विपरीत भएको बताउनुभयो ।
देशका राष्ट्रिय स्तरका योजनाहरु स्थानीय तहमार्फत सञ्चालन गर्न आयोगले विशेष पहल गर्नुपर्छ भन्दै उहाँले भक्तपुर नगरपालिकाले शिक्षालाई राज्यकै दायित्वअन्तर्गत ल्याउने उद्देश्यले शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सस्तो र गुणस्तरीय ढंगले प्रदानगर्दै आइरहेको बताउनुभयो ।
भेटमा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले स्थानीय तहलाई बलियो र अधिकारसम्पन्न बनाउने ढंगले योजना छनोटमा जोड दिँदै आएको बताउनुहुँदै अन्य स्थानीय तहको तुलनामा भक्तपुर नपाको लागि विशेष र समपूरक अनुदानको लागि योजना र कार्यक्रम छनोटमा ध्यानाकर्षण गराउन स्थलगत भ्रमणमा आएको बताउनुभयो ।
उहाँले विद्यालय भवन, खोला सुधार र कलेज भवनलगायतको शीर्षकमा आयोगले २ वटा समपूरक र २ वटा विशेष योजना सञ्चालनको लागि बजेटको व्यवस्था गर्न सकिने जानकारी गराउनुभयो ।
संघ, प्रदेश र स्थानीय सरकार आफैमा स्वायत्त संस्था भएको बताउनुहुँदै उहाँले तीनवटै सरकारबीच समन्वयतात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
भेटपश्चात उहाँलाई भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, प्रस्तावित अरनिको सभाभवन क्षेत्र, निर्माणाधीन ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, बाराही पुल र बाराही खोला सुधारलगायतको स्थलगत निरीक्षण गराउनुभएको थियो ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...














