न्यायाधीश खड्काले दुई मितिमा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक, आफुले जन्ममिति नसच्याएको न्यायाधीश खड्काको भनाइ ।
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पार्नुभएको छ । न्यायाधीश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ । “न्याय परिषद््द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको छ”, न्यायाधीश खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन, तसर्थ मेरो जन्ममिति फरकफरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु ।”
एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्ममिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण ९सिटरोल० फारममा पनि मेरो जन्म सोही नै रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “बीचका केही वर्षमा न्याय परिषद् वुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३–१०–२८ उल्लेख हुन गएको भएता पनि परिषद् आफैले सो त्रुटी सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्याय परिषद्् वुलेटिनमा पनि मेरो वास्तविक जन्म मिति २०१४–०२–०२ भनी उल्लेख गरिएकाले मेरो जन्म मितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन” न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्कोको भनाइ छ ।
न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो । तर अघिल्लो मिति न्याय परिषद््को वुलेटिनमा त्रुटिवस हुन गएको र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रका २०१४ साल जेठ २ नै रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।
Featured Posts – Style 1
२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
2026-07-18 Comments Off on २८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण...
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...












