‘ए’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेल हुँदै ।।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।यस्तै दोस्रो खेलमा मनाङ मस्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।मनाङ र जावलाखेलबीचको खेल ४:४५ मा सुरु हुनेछ । यसअघि हिजो भएको पहिलोे खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाडेको छन् भने दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै जितको सुरुवात गरेको छ ।