टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाली क्रिकेटका ओपनर भुर्तेलको स्थान खस्कियो ।
आईसीसीले टी–ट्वान्टी क्रिकेटको वरीयता सार्वजनिक गरेको छ । आईसीसीको टी–ट्वान्टी क्रिकेट वरीयतामा ब्याटिङ तर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको स्थान खस्किएको छ।क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक स्थान खस्किएको हो।कुशल नयाँ वरीयताको ५८ औं स्थानमा रहनुभएको छ। यसअघि उहाँ ५७ औं स्थानमा हुनुहुन्थ्यो। ब्याटिङतर्फ नेपालका पूर्वकप्तान पारस खड्का ९५ औं स्थानमा उक्लिनुभएको छ । यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९९ औं स्थानमा रहनु भएको छ । वरीयतामा पाकिस्तानका बाबर आजम शीर्षस्थानमा रहनुभएको छ भने भारतका कप्तान विराट कोहली ८ औं स्थानमा पुग्नुभएको छ।यस्तै बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ८७औं स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ ८८ औं स्थानमा रहनुभएको थियो । यस सूचीमा श्रीलङ्काका वानिन्दु हसरङ्गा शीर्षस्थानमा रहनुभएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













