भनपा वडा नं. १ ले गर्यो किसानलाई गहुँ र आलुको बीउ वितरण ।
२०७८ कार्तिक ३० गते, मंगलबार
भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा मंगलबार वडाबासी किसानहरुलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले किसानहरुको प्राथमिकताका आधारमा १ पाठी गहुँ वा पाँच किलो आलुको बीउ वितरण हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रजापतिले गहुँ बालीका लागि रसायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताउनुहुँदै नेपालमा वर्षेनी अरबौंको धानको बीऊ आयात हुने क्रम जारी रहेको र देश परनिर्भरतातर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेमकिपाले भक्तपुरमा चलाएको किसान आन्दोलनबाट बहुसंख्यक किसानहरुको हित भएको बताउनुहुँदै उहाँले कामदार वर्गको हितमा काम गर्ने नेमकिपाको मुख्य उद्देश्य रहेको प्रष्ट बताउनुभयो ।
उहाँले किसानको उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीऊ विजनको वितरण गर्दै आइरहेको बताउनुभयो ।
कोभिडविरुद्धको खोप निकै प्रभावकारी देखिएकोले हाल कोभिडविरुद्धको फाइजर खोप अभियान सञ्चालन भइरहेको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई विक्री वितरण गर्न तयारीमा रहेकोे जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाबासी किसानहरुको उत्पादकत्व बढाउन नगरपालिकाले हरेक वर्ष उन्नत जातको बीऊ विजन वितरण गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले गरेको सहकारी अनुगमनका क्रममा सहकारी संस्थाका सञ्चालक सदस्यहरुले समेत आर्थिक हिनामिनामा संलगनता रहकोतर्फ वडाबासीहरु सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण राजलवट र वडाका कृषि समितिका पुण्यराम बाइजुले पनि बोल्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














