प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको आन्दोलन आज पनि जारी ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै हिजो देखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरुले आज पनि बिरोध प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भनेर पन्छिएको आरोप लगाउनुभयो । वरिष्ठ अधिवक्ता ढुंगानाले राजनीतिक पार्टीहरु निरपेक्ष भएर र अनसुनी भएर बस्ने हो भने राजनीतिक दलहरुतिर नै आन्दोलन लक्षित हुने धारणा राख्नुभयो । नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले आफ्नो इजलाशमा पेशी नराख्नु राम्रो शुरुवात भएको बताउनुभयो । उहाँले बारले प्रधानन्यायाधीशको राजीनामा मागिसकेकोले अब पछि नहट्ने धारण राख्नुभयो ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...












