राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सरकारले छिट्टै मिति तोक्ने प्रधानमन्त्री देउवाको भनाइ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरूसँग छलफल गरी निश्कर्षमा पुग्ने बताउनुभयो ।राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।
प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।आयोगले आगामी वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव पनि गरेको छ । अघिल्लो पटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो ।
राष्ट्रियसभाका २० सांसदको चार वर्षे कार्यकाल फागुन २१ मा सकिदै छ । २०७५ असार ४ गते गोलाप्रथामार्फत् चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो । जसमा नेकपा एमालेका सांसदहरू अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी,शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवरको पदावधि पनि सकिन लागेको छ । उता, नेपाली काँग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारीले पनि सोही मितिबाट बिदा लिनेछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल छन् । त्यस्तै मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधी सकिँदैछ ।
Featured Posts – Style 1
२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
2026-07-18 Comments Off on २८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण...
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...














