राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सरकारले छिट्टै मिति तोक्ने प्रधानमन्त्री देउवाको भनाइ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरूसँग छलफल गरी निश्कर्षमा पुग्ने बताउनुभयो ।राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।
प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।आयोगले आगामी वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव पनि गरेको छ । अघिल्लो पटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो ।
राष्ट्रियसभाका २० सांसदको चार वर्षे कार्यकाल फागुन २१ मा सकिदै छ । २०७५ असार ४ गते गोलाप्रथामार्फत् चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो । जसमा नेकपा एमालेका सांसदहरू अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी,शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवरको पदावधि पनि सकिन लागेको छ । उता, नेपाली काँग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारीले पनि सोही मितिबाट बिदा लिनेछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल छन् । त्यस्तै मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधी सकिँदैछ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...
असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
2026-10-26 Comments Off on असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज...
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
2026-10-26 Comments Off on स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचनललितपुर,वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना...
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...












