बडा दसैँको सातौँ दिन, आज घरघरमा फूलपाती भित्र्याईँयो ।
बडादसैँको आज सातौँ दिन, घरघरमा विधिपूर्वक नवपत्रिका अर्थात फूलपाती भित्र्याईँदैछ । नवपत्रिका अर्थात् फूलपातीका रुपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइ शक्तिको प्रतीकका रूपमा प्रत्येक फूलपातीमा छुट्टाछुट्टै देवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् फूलपाती भित्रयाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीहरि अधिकारीले सीआईएनसँग बताउनुभयो । हनुमानढोका दरबारमा आज गोरखाबाट ल्याइएको फूलपाती अपरान्ह् भित्रयाइनेछ । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ । नेपाली सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्ने अनि सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुने नेपाली सेनाले जनाएको छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












