लोकेश्वर साकोस १४औं बार्षिक साधारण सभा सम्पन्न
असोज २४ गते
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि सुनिल प्रजापतिबाट संस्थाका बाल सदस्यह्रुको सुमधुर बा“सुरी धुनका साथ पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा वहा“ले श्रम प्रति समान गर्नुपर्ने बताउनुहु“दै सहकारी संस्थाहरुले प्राविधिक तालिमहरु संचालन गर्दै सिप र शिक्ष्ाँ स“गस“गै अगाडि बढनु पर्ने बताउनु भयो । कृषि अनुदानमा लक्ष्यीत वर्गलाई भन्दा करोडपतिहरुलाई कौसी खेती गर्न अनुदान दिएकोमा सरकार गरिबको निम्ती नभै पू“जीपतिहरुको सेवामा लागेको बताउनुभयो । भक्तपुर नगरपालिकाको विकाश निर्माण र सरसफाई कार्यमा सहकारीहरुले महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । साथै वहा“ले विद्यार्थीहरुको निम्ती उच्च शिक्षा हासिल गर्न मद्दत हुने गरी शैक्षिक ऋणको व्यवस्था गर्दै आएको पनि बताउनु भयो ।

अर्का अतिथि भनपा सविक १५ वडाका पुर्व अध्यक्ष रविन्द्र खर्बुजाले संसारमा हरेक समस्यको समधान भएको बताउनु हु“दै सहयोगको नाममा स्वामीत्व खोज्ने भएकोले विदेशिहरुको सहयोगलाई लिनुभन्दा अगाडि गम्भिर रुपमा छलफल गर्नुपर्ने बताउनु भयो । ः।ऋ।ऋ सम्झौता राष्ट्रघाती रहेकोले यसको सर्वत्र विरोध भैइ रहेको बताउनु भयो । साथै वहा“ले बिदेशिको मुख ताक्नु भन्दा आफ्नै खुट्टामा उभिएर पुरानो युगले नया“ पुस्ताको सेवा गर्न सकिन्छ भने उद्देश्यका साथ भक्तपुर अगाडि बढी रहेको बताउनु भयो
त्यस्तै अर्का अतिथि भनपा २ का वडा अध्यक्ष हरि प्रसाद बासुकलाले देको मिवा जग्गा एकीकरण आयोजनाको बारेमा प्रष्ट पार्नुहु“दै जग्गा एकिकरण आयोजना नाफाको निम्ती भन्दा पनि जनताको हितको निम्ती नै अगाडि बढी रहेको बताउनु भयो । वहा“ले त्यह“ाबाट उठेको पैसा सोहि स्थानमा लगानी गर्ने प्रस्त पार्र्नुभयो । साथै भक्तपुर नगरपालिका वडा नं. २को विकाश निर्माण बारेमा पनि जानकारी गराउनु भयो ।
त्यस्तै गरी भनपा २का वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाले सहकारी अनुगमन गर्दै जनताको रकमको सुरक्षा गर्न लागि परेको बताउनु हु“दै सहकारी दर्ता प्रकृया बन्द भएको अवस्थामा पनि प्रदेश मार्फत बहुउद्देश्यीय संस्था दर्ता गरी स्थानीय निकायको स्वीकृति बिना रकम संकलन गरिरहेकोले सम्पूर्ण जनता सचेत हुनुपर्ने बताउनु भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघबाट पाल्नु भएका प्रतिनिधि चण्डिका छुकांले सहाकारी संस्था संख्यात्मक भन्दा गुणात्मकतामा जोडदिनुपर्ने बताउनु हु“दै सहकारीलाई मालपोत कार्यालयमा घरजग्गा रोक्का कार्यको लागि लिदै आएको करदस्तुर बृद्धिको विरोध गर्नुभयो । साथै वहा“ले सहकारी संस्था वित्तिय कारोबार स“गस“गै सांस्कृतिक र सामाजिक पक्षलाई पनि जाडदिनु पर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धर, लेखासुपरिवेक्षण समितिका लक्ष्मीभक्त दुवाल, संस्थाका सचिव कृष्णराम तुकंबन्जार, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने राजु छुकां र प्रनेश बाटीले पनि बोल्नु भएको थियो । सोही अवसरमा प्रमुख अतिथि सुनिल प्रजापतिले संस्थाका ७० देखि माथि उमेरका ५० जना जेष्ठ सदस्यहरुलाई दोसला र प्रमाण पत्रले सम्मान गर्नु भएको थियो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














