६ महिने बाजा प्रशिक्षणको आज लोकार्पन, भोलि समापन हुने
भक्तपुर, असोज १७ गते
झिगु ख्वप वचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको ६ महिने आधुनिक वासुरी, र पम्परागत पछिमाय् र धलक बाजा प्रशिक्षणको आज लोकार्पन भएको छ । भक्तपुर नगरपालिका वडा नं. ७ स्थित झिगु ख्वपले २३ जना बासुरी, ३ जना पछिमाय् र ३ जना धलक गरी २९ जनाले बाजाको प्रशिक्षण पूरा गरी लोकार्पन गरेकोे आयोजक समितिका हरिकृष्ण दनेगुलुले जनाए ।
१० वर्षका बालिका देखि ६० वर्षमाथिसम्मका जेष्ठ नागरिकहरु समेतको सहभागितामा सो प्रशिक्षण आयोजना भएको ब्यवस्थापक राकेश सुकुपायोले जनाए । कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रशिक्षण सुरु भएको सारे एक वर्षपछि प्रशिक्षण पूरा भएको आयोजकले जनाएको छ ।
साँस्कृतिक नगरी भक्तपुरमा हुने विभिन्न जात्रा पर्व र विवाह, ब्रतबन्ध सहित विभिन्न कार्यक्रमहरुमा बाजा बजाउन सकिने गरी सो तालिम आयोजाना भएको आयोजक समितिका भुवन गोसाईले बताए । प्रशिक्षण पूरा भएको उपलक्ष्यमा परम्परागत शैलीमा नासःद्यको पूजा आरधाना गरी प्रशिक्षार्थीहरुलाई सगुन र बाजा हस्तान्तरण गरी प्रशिक्षण पूरा गरेको छ ।
प्रशिक्षण पुरा गरी आज नासः द्यमा पूजा सम्पन्न गरेपछि प्रशिक्षार्थीहरुले खुल्ला ठाउँमा बाजा बजाउन सकिने मान्यता रहेको छ । प्रशिक्षण पूरा गरेको उपलब्यमा सोमबार भक्तपुर नगर परिक्रममा गरी च्वाङा द्य मन्दिर परिसरमा समापन कार्यक्रम आयोजना गर्ने आयोजक समितिको तयारी छ । बागमति प्रदेशका प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा वाजा प्रशिक्षण सम्पन्न गर्ने आयोजक समितिको तयारी छ । समुदायमा आधारित झिगु ख्वप साकोसले यस भन्दा अगाडी धिमाय् बाजा प्रशिक्षण दिएको थियो । परम्परागत संस्कृति र सभ्यतालाई जीवन्त राख्न, नयाँ पुस्तालाई दिक्षित गर्न यस्तो तालिमहरुलाई निरन्तरता दिन्दै आएको र दिन्दै जाने आयोजक समितिले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














