देशभरका मानन्धर युवाहरु संगठित हुँदै
असोज १०, आइतबार
काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन गरिएको छ । बनेपाका जुझारु युवा नवराज मानन्धरको नेतृत्वमा सात सदस्यीय समाज गठन गरिएको हो । समुदायभित्रको समस्यालाई सम्बोधन गर्दै मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावले समाज गठन गरिएको बताइएको छ । समाजमा उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्ष सुदर्शन मानन्धर, सचिव विजय मानन्धर र सदस्यहरुमा विजयलक्ष्मी मानन्धर तथा डा. रोजी मानन्धर छनोट भएका छन् ।
‘पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडि छ । अब बनेपाका सबै मानन्धरहरु एकजुट भएर अगाडि बढ्छ । सबै मानन्धरहरुबीच एकले अर्कोलाई साथ र सहयोग गर्नुपर्छ ।’ समाजका अध्यक्ष नवराज मानन्धरले बताए । नवगठित समुहले समग्र मानन्धर समुदाय तथा बनेपाको विकासको लागि पनि काम गर्ने उहाँको भनाइ थियो ।
शनिबार आयोजित भेलामा संस्कृतिका अध्येता ज्ञानकाजी मानन्धर, उद्योग वाणिज्य संघ काभ्रेका निवर्तमान अध्यक्ष प्रकाश मानन्धर लगायतका महानुभावहरुको उपस्थिति थियो । यसअघि भक्तपुरमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय भक्तपुर जिल्ला मानन्धर युवा संघ गठन गरिएको थियो । तीन वर्षअघि भक्तपुर नगर, मध्यपुर र दधिकोट पकांडोलका ७ वटा मानन्धर समुदायको बाहुल्य भएको टोलका प्रतिनिधि सम्मिलित गराएर युवा संघ गठन गरिएको थियो । संघले जिल्लाका मानन्धर युवाहरुको क्षमता विकास कार्यक्रम, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रोत्साहन हुनेखालका कार्यक्रम गर्दै आएको छ ।
बनेपामा मानन्धर सेवा समाज गठनको प्रयास सम्बन्धमाः
१. बनेपाका सम्पूर्ण मानन्धर (विशेष गरी युवाहरु) समुदायलाई एकत्रित गर्ने प्रयास गर्ने ।
२. मानन्धर (सायमि)हरुको मौलिक संस्कृति, सभ्यताको पहिचान र संरक्षण गर्ने सामुहिक प्रयासको सुरुवात गर्ने ।
३. कुनै दलिय पृष्ठपोषणको लागि नगरिएको प्रतिबद्धतासहितको अभियान ।
केहि ध्यान दिनुपर्ने विषयवस्तुहरुः
१. मानन्धर समूदायबीचको भिन्न पुस्ता, समुह, दलिय मान्यता, बर्गबीचको एकता, सहभागितालाई निरन्तरता दिने प्रयास ।
२. संस्कृति र सभ्यता जगेर्नाको निम्ति आर्थिक र सामाजिक सन्तुलन कायम गर्ने प्रयास ।
३. निष्पक्ष सहभागितामुलक सामुहिक नेतृत्व विकास गर्ने प्रयास ।
समाचारको स्रोतः सामाजिक सञ्जाल र सञ्जय मानन्धर
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













