देशभरका मानन्धर युवाहरु संगठित हुँदै
असोज १०, आइतबार
काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन गरिएको छ । बनेपाका जुझारु युवा नवराज मानन्धरको नेतृत्वमा सात सदस्यीय समाज गठन गरिएको हो । समुदायभित्रको समस्यालाई सम्बोधन गर्दै मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावले समाज गठन गरिएको बताइएको छ । समाजमा उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्ष सुदर्शन मानन्धर, सचिव विजय मानन्धर र सदस्यहरुमा विजयलक्ष्मी मानन्धर तथा डा. रोजी मानन्धर छनोट भएका छन् ।
‘पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडि छ । अब बनेपाका सबै मानन्धरहरु एकजुट भएर अगाडि बढ्छ । सबै मानन्धरहरुबीच एकले अर्कोलाई साथ र सहयोग गर्नुपर्छ ।’ समाजका अध्यक्ष नवराज मानन्धरले बताए । नवगठित समुहले समग्र मानन्धर समुदाय तथा बनेपाको विकासको लागि पनि काम गर्ने उहाँको भनाइ थियो ।
शनिबार आयोजित भेलामा संस्कृतिका अध्येता ज्ञानकाजी मानन्धर, उद्योग वाणिज्य संघ काभ्रेका निवर्तमान अध्यक्ष प्रकाश मानन्धर लगायतका महानुभावहरुको उपस्थिति थियो । यसअघि भक्तपुरमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय भक्तपुर जिल्ला मानन्धर युवा संघ गठन गरिएको थियो । तीन वर्षअघि भक्तपुर नगर, मध्यपुर र दधिकोट पकांडोलका ७ वटा मानन्धर समुदायको बाहुल्य भएको टोलका प्रतिनिधि सम्मिलित गराएर युवा संघ गठन गरिएको थियो । संघले जिल्लाका मानन्धर युवाहरुको क्षमता विकास कार्यक्रम, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रोत्साहन हुनेखालका कार्यक्रम गर्दै आएको छ ।
बनेपामा मानन्धर सेवा समाज गठनको प्रयास सम्बन्धमाः
१. बनेपाका सम्पूर्ण मानन्धर (विशेष गरी युवाहरु) समुदायलाई एकत्रित गर्ने प्रयास गर्ने ।
२. मानन्धर (सायमि)हरुको मौलिक संस्कृति, सभ्यताको पहिचान र संरक्षण गर्ने सामुहिक प्रयासको सुरुवात गर्ने ।
३. कुनै दलिय पृष्ठपोषणको लागि नगरिएको प्रतिबद्धतासहितको अभियान ।
केहि ध्यान दिनुपर्ने विषयवस्तुहरुः
१. मानन्धर समूदायबीचको भिन्न पुस्ता, समुह, दलिय मान्यता, बर्गबीचको एकता, सहभागितालाई निरन्तरता दिने प्रयास ।
२. संस्कृति र सभ्यता जगेर्नाको निम्ति आर्थिक र सामाजिक सन्तुलन कायम गर्ने प्रयास ।
३. निष्पक्ष सहभागितामुलक सामुहिक नेतृत्व विकास गर्ने प्रयास ।
समाचारको स्रोतः सामाजिक सञ्जाल र सञ्जय मानन्धर
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














